मतदाता नामावली संकलन अभियानमा सहभागी हुन नेता कार्यकतालाई एमालेको निर्देशन

पोखरा, मसिर १९ गते । नेकपा एमालले मतदाता नामावली संकलन अभियानमा सक्रिय रुपमा सहभागी हुन नेता कार्यकतालाइृ निर्देशन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गदै आगामी दश दिनसम्म प्रत्येक पालिकाका केन्द्रमा हुने मतदाता संकलन अभियानमा सक्रिय रुपमा सहमागी हुन र अभियानका बरोमा सवैलाई जानकारी दिन निर्देशन गरेको छ ।

एमालले आफनो पालिकाभित्रका १८ वर्ष उमेर पुगेका प्र्रत्येक नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न प्रेरित, प्रोत्साहन र आवश्यक सहयोग र उनीहरुलाई पालिका केन्द्रसम्म पुग्न आवश्यक सहयोग र समवनन्य गर्न समेत नेता कार्यकतालाई निर्देशन दिएको छ ।

 

त्यस्तै मृत्यु भएका, बसाईँ सराईँ भइसकेका वा अन्य हिसावले अयोग्य कसैको नाम मतदाता नामावलीमा रहेछ भने हटाउन आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गदै राजधानी लगायत अन्य स्थानमा बसोबास गरिरहेका मतदाता हुन उमेर पुगेका तर नाम छुट भएकाहरुलाई आफु बसेकै स्थानबाट मतदाता नामावली फारम भर्न सम्वन्य गर्ने भनेको छ ।

 

एमालेले उमेर पुगेका कसैको नाम पनि मतदाता नामावलीमा दर्ता नछुटोस भन्ने कुराको सुनिश्चित गर्ने र यसको अभियानमा निर्वाचन आयोग, निर्वाचन कार्यालय र यस कार्यमा संलग्न कर्मचारीहरुसंग आवश्यक समन्वय र सहयोग गर्न निर्देशन दिएको छ । एमालेले निर्वाचनमा सहभागी भएर संविधानले सुनिश्चित गरेको मताधिकारको प्रयोग गर्ने संविधानले प्रत्याभुत गरेको नागरिकको मौलिक अधिकार भएको बताउदै प्रत्येक नागरिकको दात्यिव समेत हो । निर्वाचन प्रक्रियाको महत्वपूर्ण विषय मतदाता नामावली संकलन र अद्यावधिक गर्नु भएको उल्लेख गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...