पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला

पोखरा । पोखरा उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको अध्यक्ष पदमा नारायण कोइराला विजयी भएका छन् । उनका समर्थहरुले माला र खादा लगाएर विजय उत्सव मनाईरहेका छन् ।विजयी भएको अन्तिम आधिकारिक नतिजा भने आउन बाँकी छ । कोइरालाको प्रतिस्पर्धामा स्वातन्त्रतर्फबाट विन्दु कोइराला सुवेदी उठेकी थिईन् ।

त्यस्तै नारायण कोइराला प्यानलबाट महासचिव पदमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य,र उपमहासचिवमा केशव बहादुर खत्री विजयी भएका छन् । त्यस्तै संघको वाणिज्य अन्तर्गत उपाध्यक्षतर्फ अर्जुन पोखरेल विजयी भएका छन् । उनी १ सय ४८ भोटले सोभित पौडेललाई उछिन्दै विजयी भएका हुन् ।

यता संघको सदस्य पदमा नारायण कोइराला प्यानल तर्फबाट उत्तममान बुद्धाचार्य, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, शोभा गौतम, सुदनबाहदुर कोइराला, सुदीप प्रधानांग तथा हरिराज पन्त विजयी भएका छन् । अध्यक्ष पदकी उमेद्वार विन्दु कोइराला सुवेदीको प्यालनबाट पवित्रादेवी गुरुङमात्र विजयी भएकी छिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...