पोखरा उद्योग वाणिज्य संघमा नारायणकोइराला प्यानलको बर्चश्व (मत परिणाम सहित)

पोखरा, पुस २६ गते । पोखरा उद्योग बाणिज्य संघको मत गणना सकिएको छ । सम्पन्न मतगणना अनुसार संघमा नारायण कोइराला प्यानल विजयी भएको छ । संघमा कोइराला प्यानलको दबदबा देखिएको छ । पदाधिकारीमा नारायण कोइराला प्यालनका उम्मेदवारहरु विजयी हुनुभएको छ भने उद्योग उपाध्यक्षमा मात्रै गोकर्ण कार्की विजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भने विन्दुु कोइराला प्यानलका उम्मेदवार पनि विजयी हुनुभएको छ । कार्यसमिति सदस्यमा मिक्स भएपनि पदाधिकारीमा एक बाहेक सवै नारायण कोइराला प्यालनका विजयी भएका हुन ।


संघको अध्यक्षमा विजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रतिद्धन्दी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गर्नुभयो । उद्योग तर्फ उपाध्यक्षमा गोकर्ण कार्कीले १ हजार ३ सय २७ मत ल्याउदा प्रतिद्धन्दी चिनु कुमारी गुरुङले १ हजार १४ मत प्राप्त गर्नुभयो । वाणिज्य उपाध्यक्षमा अर्जनु पोखरेलले १ हजार २ सय ४४ मत ल्याएर विजयी हुदाँ प्रतिद्धन्दी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गर्नुभयो । पमहासचिवमा केशब बहादुर खत्रीले १ हजार ३ सय २३ मत ल्याउनु भयो भने प्रतिद्धन्दी धर्मराज वर्तौलाले १ हजार १३ मत प्राप्त प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा बलराम आचार्यले १ हजार २ सय ६५ ल्याएर विजयी हुदाँ प्रतिद्धन्दी तारानाथ ढुङ्गानाले १ हजार ७० मत प्राप्त गर्नुभयो । महासचिव पदमा सुरेन्द्रमान विजुच्छेले १ हजार ५ सय १४ ल्याएर विजयी हुदाँ प्रतिद्धन्दी धनिराम बरालले ८ सय २८ मत प्राप्त गर्नुयभो ।समान १५ मत ल्याउनु भएका बस्तुगत तर्फका सदस्य उदय बहादुर केसी, बलराम तिमिल्सिना, रुप नारायण भुजेल मध्य गोलाप्रथाबाट तिमिल्सिना र भुजेल विजयी हुनुभयो ।

कार्यसमिति सदस्यमा उत्तममान बुद्धाचार्य १ हजार ५ सय ९७ , दिनेशचन्द्र बाँस्तोलाले १ हजार २ सय ८२ , देवेन्द्र केसी १ हजार ६ सय ८५ पवित्रादेवी गुरुङ १ हजार २ सय ४१ मत , शोभा गौतम १ हजार ७ सय , भरत केसीले १ हजार ३ सय २३, सुमन बहादुर कोइरालाले १ हजार २ सय ७९ , सुमित प्रधानङ्ग १ हजार ४ सय १४ , हरिराज पन्त १ हजार ३ सय ८८ मत प्राप्त प्राप्त गरि विजयी हुनुभयो ।वरिष्ठ उपाध्यक्षमा पवन कुमार प्रजापती, औघोगिक तर्फबाट कार्यसमितिमा सदस्यमा लिलामणी पण्डीत निर्विरोध निवार्चित हुनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...