फेवातालको माटो निकाल्न शुरू

पोखरा फागुन १८ गते ।  फेवातालको छेउमा थुप्रिएको माटो निकाल्न थालिएको छ । फेवातालको बाँध मर्मत सम्भारका लागि पानीको सतह घटाएको मौका पारेर माटो निकाल्न थालिएको हो । गण्डकी प्रदेश सरकारको अगुवाईमा पोखरा महानगरपालिका सगै अन्य कार्यालयको समन्व र सहयोगमा सो काम थालिएको हो ।


तालको बाँध जीर्ण अवस्थामा पुगेपछि त्यसको मर्मतका लागि भन्दै फेवातालको पानिको सतह घटाएसँगै ताल किनारमा लोदो माटो, फोहर देखिएको छ । सोही फोहोरमैला निकाल्न गठन गरिएको समितिले काम गर्न लागेको हो । फिर्केखोलाको अन्तिम बिन्दु गाइघाट बाट माटो निकालने कामको शुरुवात गरिएको हो ।

पानी सुकेको फेवताल गहिराइ र सौन्दर्यका लागि काम थालिएको मन्त्रालय अन्तर्गतका वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख तथा फोहोर माटो, ढुंगा, गिट्टी, बालुवा तथा फोहोर व्यवस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले १५ हजार घनमिटर माटो निकाल्ने र जसका लागि एक करोड ३३ लाख रकम लाग्ने श्रेष्ठले जानकारी दिनुभयो । ‘मेसिनबाट निकाल्दा कम खर्च लाग्छ, मान्छे लगाउदा पाँच गुणा बढी लाग्छ तर सबै ठाँउमा मेसिन लान मिल्दैन । तत्काल हामीसँग रकम पनि छैन, जोडजाम गर्ने हो, भएको रकमबाट शुरुवात गरेका छौ, उहाँले भन्नुभयो । तालबाट निकालएको माटो भने बसुन्धरा पार्क र कोमागाने पार्कमा रहेका खाल्टाहरु पुरिने उहाँले जानकारी दिनुभयो ।

‘ताल सुकाएको अवस्थामा गर्नुपर्ने भएकोले सकेसम्म १५ दिनभित्रमा सक्नुपर्ने हो, ढिलामा एक महिनाभित्र सक्नुपर्छ श्रेष्ठले भन्नुभयो । प्रदेश सरकार तथा स्थानीय सरकारबाट राम्रो कामको थालनी भएको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको भनाइ छ । माटो निकाल्ने शुरुवात गरिएको स्थलमा अवलोकन गर्दै उहाँले पारदर्शि र जनताको सहभागिता हुने गरि तालको सफाइ गर्न लागेको बताउनु भयो ।

“उहाँले तालबाट निकालिएको माटो कसैलाइ प्रयोग गर्न नदिइ तालको छेउमा थुप्रार्ने पनि जानकारी गराउनुभयो । “ माटो माग्नेको फोन आएको छ, तर दिदैनाँै तालको छेउमै व्यवस्थित गछौ, कार्पेटको काम गर्नेगरी दुवो लगाउँछौ, त्यही माथि बसेर पर्यटकले ताल नियाल्नेछन्, पछि हामीलाइ आवश्यक पर्दा हामी सो माटो प्रयोग गर्न पनि सक्नेछौ, ।

मन्त्री लम्सालका अनुसार फेवातालमा सिधै आउने २९ वटा साना तिना खोला जुन फेवातालमा मिसिन्छन । उनीहरुबाट आउने फोहोर पनि व्यवस्थापन गर्ने प्रयासमा लागेको बताउदै उहाँले सिधै आएर मिसिने फोहोर कम गर्ने र फेवताल सौन्दयीकरणमा सबैले साथ दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

फेवताल थुप्रिएको फोहोर व्यस्थापन समितिमा पोखरा महानगरपालिका कार्यलय ताल संरक्षण तथा विकास प्राधिकरण ,जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय,डिभिजन वन कार्यालय,बृहत जलाधार व्यवस्थापन कार्यलय केन्द्र, जलाधार व्यवस्थापन संरक्षण कार्यलय, भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रतिनिधि छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...