विवेकशील साझाको तातो भात अभियान

पोखरा,जेठ २ गते । विवेकशील साझा पार्टीले अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुका लागि तातो भात अभियान सुरु गरेको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा) यो अभियान सुरु गरेको साझा पार्टीले जनाएको छ ।

विवेकशील साझा पार्टी पोखरा महानगर समितिले आइतबारबाट अभियान सुरु गरेको हो । अस्पताल प्रशासनसँग समन्वय गरी कोभिड वार्डमा रहेका बिरामी र बिरामी कुरुवालाई तातो भात (खाना) प्रदान गरिएको जनाएको छ । अभियानमा खाध्यान्न वा नगद सहयोग गर्न चाहनुे ब्यक्तिले महानगर संयोजक अजय श्रेष्ठ लाई ९८५६०३२६६९ मा र सहसंयोजक विपना कुवँरलाई ९८६९१८७५७५ मा सम्पर्क गर्न सक्ने जनाएाके छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...