शालिकमा माल्यार्पण गदै एमाले कास्कीले सम्झीयो मदन÷आश्रित

पोेखरा, जेठ ३ गते । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस मनाइएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर नेताद्धय भण्डारी र आश्रितलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।


एमाले कास्कीले पनि पोखराको बाटुलेचौरस्थित मदन आश्रित पार्कमा रहेको मदन आश्रितको शालिकमा श्रद्धाञ्जली अर्पण गरिएको छ । सामाजिक दुरी कायम गदै कार्यक्रम आयोजना गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।

 

कार्यक्रममा एमाले नेता खगराज अधिकारी, केन्द्रीय कमिटि सदस्य एंव पोखरा महानगर प्रमुख मानबहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री अधिकारी, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतका नेताहरुले मदन र आश्रितको शालिकमा माल्यापर्ण गर्नुभएको थियो ।

 

भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ। लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेका थिए।छोटै समयमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो।

 

आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि भेटिएको थियो।‘दासढुंगामा घटना’को छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...