पोखराका ९ सहित गण्डकीमा २४ जनाको मृत्यु, ८५९ नयाँ संक्रमित थपिए

पोखरा, जेठ ३ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनी गरेको पछिल्लो विवरण अनुसार कास्कीका ९ सहित गण्डकीमा २४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका मध्य आठ जना पोखरा महानगरपालिकाका रहेका छन भन्े चार जना स्यांजा, तनहुँका २ जना अन्य पर्वत,गोरखा,बाग्लंग,रुपन्देहीका रहेका छन् । त्यस्तै स्यांजाका ५ जना, पर्वतका ३ जना,तनहुँका २ जना,म्याग्दी, गोरखा,लमजुंग,बागलुंग र नवलपरासी पूर्वका एकएक जनाको मृत्यु भएको छ । त्यस्तै गण्डकीमा ८५९ नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा थपिएका मध्य ४०४ महिला र ४५५ पुरुष रहेका छन् । थपिएका मध्य ४०८ कास्कीका रहेका छन् । त्यस्तै नवलपरासीका १४२, लमजुंगका ७९,म्याग्दीका ८४,बागलुंगका ६२,स्यांजका ३५,तनहुँका २३,पर्वतका २१ र मनांगका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...