खेलकुद विकास समितिको रक्तदान कार्यक्रममा ७१ यूनिट रगत संकलन

पोखरा, जेठ ३१ गते । पोखरामा रगत अभाव भएपछि कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ यूनिट रगत संकलन भएको छ ।


निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरु नहुदाँ रगत अभाव भएकाले रक्त सञ्चार केन्द्र पोखराको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एंव कार्यक्रम संयोजक महेन्द्र गुरुङले बताउनुभयो । पोखरामा पछिल्लो समय रगत अभाव भएको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि रक्तदान कार्यक्रम नहुदाँ रगत अभाव भएको छ । कोरोना भाइरसका कारण औपचारीक कार्यक्रमहरु हुन नपाएपछि रगत अभाव देखिएको हो ।

गत वर्ष सरकारले लकडाउन गरेपछि संघसंस्थाहरुले आयोजना गर्ने रक्तदान कार्यक्रहरु ह्ुन सकेन् भने यस वर्षपनि कोरोना भाइरसको दोश्रो लहर तिव्र रुपमा फैलिएपछि रक्तदान कार्यक्रम नहुदाँ रगतको अभाव भएको हो । रगत अभावलाई कम गर्न समितिले कार्यक्रम गरेको हो । आपूर्ति भन्दा माग बढि भएकाले रगत अभाव भएकाले सञ्चार केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हौ गुरुङले भन्नुभयो । रक्तदान कार्यक्रमको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभयो । पहिलो रत्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर जिसीले उद्घाटन गर्नुभयो ।


त्यस्तै कास्कीका जिल्ला खेलकुद विकास समितिले कोरोना भाइरस संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रम समेत सुरु गरेको छ । कोरोना भाइरसको दोश्रो लहर तिव्र रुपमा फैलिएपछि खेलकुद लगायतका गतिविधि ठप्प भएपछि खेलकुद पनि स्वास्थ्य क्षेत्रसंग सम्वन्धित रहेकाले कोरोना नियन्त्रणका लागि आफनो उपस्थितिलाई प्रभावकारी बनाउन समितिले कार्यक्रम आयोजना गरेको समितिका कोषाध्यक्ष कञ्चन थापाले बताउनुभयो ।


खेलकुदको माध्यमबाट अनुशासित र स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्य रहेकाले यो कोरोना महामारीमा हाम्रो भुमिका पनि आवश्यक ठानेर स्वास्थ्य सामाग्री वितरण, जनचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गरेका छौ समितिका सचिव भीम पराजुलीले भन्नुभयो । समुदायस्तरमा जनचेतना जगाउन प्रचा, पम्प्लेट वितरण र माईकिङ समेत गरिने अध्यक्ष तोरण बानियाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...