शिक्षक, यातायात मजदुरदेखि शरणार्थीसम्मले खोप पाउने

काठमाडौं, असार २९ गते । चीन सरकारले उपलब्ध गराएको भेरोसेल तथा अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने प्राथमिकता निर्धारण गरेको छ ।


भेरोसेल खोप ५५ वर्षमाथिका सबै विश्वविद्यालयका प्राध्यापक, शिक्षकर कर्मचारी तथा सार्वजनिक यातायातका कर्मचारीलाई प्रथामिकतामा राखेर दिइने भएको छ । साे खाेप लागाउन मंगलबारबाटै सुरू गरिने विभागले जनाएकाे छ ।

त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत खोप लगाउन बाँकी र खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकलाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइने भएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...