कञ्चनपत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र केबी राना पुरस्कृत

पोखरा, साउन २७ गते ।नेपाल आदिवासी जनजातिपत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखरामा २ जना पत्रकार पुरस्कृत भएका छन् । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।


कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खडकबहादुर कुमाल, पुरस्कारदाता बिमलमान गुभाजु, फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था लगायतले नगद २५÷२५ हजारसहित दोषल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । आदिवासीजनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाए बापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।

सम्मानितगुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरामा कार्यरत छिन् ।उनी पत्रकारिता सँगै गायन क्षेत्रमा पनि सक्रिय छिन् । सामाजिक भावनाकी गुरुङ विभिन्न संघ संस्थामा विभिन्न पदमा रहेर काम गरिरहेकी छिन् । नवलपुरका रानासँग रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौ मिडिया हाउसमा कार्य अनुभव छ । मध्य नेपालमै पहिलो स्थानीय टेलिभिजन देवचुली टेलिभिजनको संस्थापक,सामुदायिक रेडियो मध्यविन्दु एफएमको संस्थापक तथा तथा स्टेशन संयोजक तथा सल्लाहकार लगायत धेरै सामाजिक संस्थामा विभिन्न पदमा रहेर काम गरिरहेका छन् ।

सम्मानित भएपछि पत्रकारद्वय गुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलम चलाईरहनथप हौषला प्रदान गरेको बताए । साथै उनीहरुले जीवनपर्यन्त कलम चलाईरहने बाचासमेत गरे ।रानाले पुरस्कार वापत पाएको २५ हजारमा त्यति नै रकम थपेर आफ्नी ५ महिने छोरीको सम्झनामा कोरोनाबाट ज्यान गुमाएका तथा पिडित बालबालिका तथा परिवारलाई सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजु सहित उनको परिवारले पिता स्वर्गिय वेदमान गुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापनागरिएको पुरस्कार दोस्रो पटक अर्पण गरिएको हो । कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा थप्ने घोषणा गरे । अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...