पोउवा संघमा कार्यसमिति सदस्य बलरामको श्रद्धाञ्जली सभा

पोखरा, ३२ साउन । पोखरा उद्योग वाणिज्य संघले कार्यसमितिका सदस्य बलराम तिमिल्सिनाको निधनमा शोक व्यक्त गरेको छ । तिमिल्सिनाको १३ औं दिनको पुण्यतिथिमा सोमबार आयोजित कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वर्गीय बलरामप्रति श्रद्धाञ्जली व्यक्त गरिएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।


पोखरा–१२, उपकार मार्गमा २०२९ साल साउन १३ गते जन्मेका तिमिल्सिनाको कोभिड संक्रमणबाट मुक्त भएपनि पछिल्लो उपचारको क्रममा साउन २० गते निधन भएको थियो । उनी पोउवा संघमा बस्तुगत सदस्यको रुपमा प्रतिनिधित्व गर्थे ।श्रद्धाञ्जली सभामा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले हरेक दिन अशुभ समाचार सुन्नुपर्ने त्रासका बीच बाँच्नुपरेको दुखेसो गरे । उद्योगी÷व्यवसायीहरुलाई खोप उपलब्ध गराउन निरन्तर पहल गरिएको स्मरण गर्दै उनले संघकै पहलमा सदस्यहरुलाई सीमित मात्रामा खोप लगाउन सकिएकोमा चाहिँ सन्तोष व्यक्त गरे । बाँकी सदस्यहरुलाई खोप दिलाउन निरन्तर प्रयत्न गरिने उनको भनाई थियो ।

उनको जीवनीबारे चर्चा गर्दै संंघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले एक असल व्यवसायी र संघका कर्मठ सिपाही गुमाउँदा असह्य पीडा भएको बताए । पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष नरेन्द्रप्रसाद आचायले असल व्यक्तिको निधनबाट समाजमा अपुरणीय क्षति पुगेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...