एक हजार ३५७ सङ्क्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं, भदौ १८ गते । पछिल्लो २४ घण्टामा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर नौ हजार ७७३ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चार हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २७४ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.३ प्रतिशत छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ८०९ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ ।सक्रिय सङ्क्रमित ३३ हजार ६ जना छन् । पछिल्लो २४ घण्टामा नेपालमा एक लाख ६४ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...