हेमजामा एमालेको अगुवा कार्यकर्ता भेला

हेमजा, भदौ २० गते ।नेपाल कम्युनिष्ट पाटी एमाले पोखरा २५ हेमजाको अगुवा कार्यकर्ता भेला तथा पाटी कार्यालयको समुउद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अबसर पारी पोखरा २५ हेमजा साझाचोकमा वडा कमिटी कार्यालय स्थापना गरिएको छ ।

समुउद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पुर्ब युवा तथा खेलकुद मन्त्री जगत बि.क ले स्थानिय तहबाटै एकताबद्ध हुदै केन्द्रसम्म पहुच पु¥याउदै नेकपा एमालेलाई अगाडी बडाउन आ–आफनो ठाउँबाट लागि पर्नुपर्नेमा जोड दिए । पुर्ब सांसद एवं केन्द्रीय सदस्य सितागिरी औलीले आफु जहिलेपनि नेकपा एमाले फुटेर होइन जुटेर अगाडी बड्नुपर्ने पक्षमा रहेको बताउदै कार्यकर्ता स्थरबाटै खबरदारी गर्न अनुरोध गरिन । कार्यक्रममा महानगर कमिटी अध्यक्ष एवं हेमजा इन्चार्ज दिपक पौडेलले संगठनलाई चुष्तदुरुष्त राखन सके नेकपा एमालेको भबिस्य सुन्दर रहनेमा जोड दिए ।

कमिटी अध्यक्ष सिबकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत ऋषीराम पौडेलले र सञ्चालन सचिब घनश्याम तिमिल्सिनाले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...