सुत्ने पोजिसनले पनि स्वास्थ्यमा पार्छ असर, यो हो सही पोजिसन

सुत्ने तरिकाले पनि स्वास्थ्यमा असर पार्छ । आयुर्वेदका अनुसार, देब्रेतर्फ पल्टेर सुत्दा राम्रो निद्रा लाग्छ र स्वास्थ्य पनि राम्रो हुन्छ । देब्रेतर्फ सुत्नुलाई वामकुशी भनिन्छ ।

हाम्रो मुटु देब्रेतर्फ हुन्छ । देब्रेतर्फ पल्टेर सुत्दा गुरुत्वाकर्षणको सहायताले मुटुको लसिका (लिम्फ) निस्कन सहज हुन्छ र तपाईं सुत्दा मुटुको कार्यबोझ कम हुन्छ । अनि मुटुलाई राम्रो तरिकाले काम गर्छ र स्वस्थ रहन्छ ।

देब्रेतर्फ कोल्टे पारेर सुत्दा गुरुत्वाकर्षणको सहायताले शरीरभित्र रहेको फोहर सहजताका साथ सानो आन्द्राबाट ठूलो आन्द्रामा पुग्छ । अनि तपाईं बिहान सुतेर उठ्दा फ्रेश भइन्छ । यसले गर्दा शरीरको पाचनतन्त्र पनि राम्रो हुन्छ ।

देब्रेतर्फ कोल्टे फेरेर सुत्दा घुराइ पनि कम हुन्छ । यसरी सुत्दा तपाईंको जिभ्रो र घाँटी दुवै न्युट्रल पोजिसनमा रहन्छन् जसले गर्दा एयरवेज सफा हुन्छ र सजिलै सास फेर्न सकिन्छ ।

विशेषज्ञहरूका अनुसार, गर्भवती महिलाले देब्रेतर्फ सुत्नु राम्रो हुन्छ किनकि त्यसो गर्दा ढाडमा पर्ने दबाब कम हुन्छ । अनि गर्भाशय र भ्रूणसम्म रगतको प्रवाह पनि बढ्छ । यसरी सुत्दा प्लासेन्टासम्म पोषक तत्त्वको प्रवाह सहज हुन्छ ।
गर्भवती महिलाले देब्रे कोल्टो परेर सुत्दा थप आरामदायक बनाउनका लागि घुँडालाई अलिकति मोड्दा र दुवै गोडाबीच तकिया राख्दा राम्रो हुन्छ ।

शरीरको लसिका तन्त्र (लिम्फ) महत्त्वपूर्ण हिस्सा हो स्प्लीन र यो शरीरको देब्रेतर्फ हुन्छ । लसिकालाई फिल्टर गर्नुका साथै स्प्लीनले रगत पनि सफा हुन्छ । देब्रेतर्फ सुत्दा गुरुत्वाकर्षणको सहायताले शरीरमा रक्तसञ्चार थप राम्रो हुन्छ ।

देब्रेतर्फ सुत्दा अन्य फाइदा यस्ता छन् :

गर्दन र पिठ्युँको पीडा कम

शरीरबाट विषाक्त तत्त्व निकाल्न सहायता

गम्भीर रोगबाट छुटकारा

मिर्गौला र कलेजोको काम झन् राम्रो

एसिडिटी र मुटु पोल्नेबाट छुटकारा

ब्रेनमा पर्छ सकारात्मक असर

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...