भरतपोखरीमा देउसी भैलो तथा एकल नृत्य प्रतियोगिता हुने

पोखरा, कात्र्तिक १६ गते । स्थापनादेखिनै समाजमा विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको भरतपोखरी विकास मञ्चको आयोजनामा आउँदो बिहीबार दिपावलीको शुभ अवसरमा चौथो खुल्ला देउसीभैलो प्रतियोगिता, स्रस्टा सम्मान एवं विविध साँस्कृतिक कार्यक्रम तथा एकल नृत्य २०७८ हुने भएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न आवश्यक तयारी पुरा भइसकेको संस्था संस्थापक अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।


समाजमा विद्यमान विकृति, विसंगतिलाई अन्त्य गरी सभ्य समाज निर्माणको साथै आफ्नो पराम्परागत संस्कृतिलाई बचाइ राख्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको उनले बताए । उक्त प्रतियोगितामाविभिन्न संघ÷संस्था, टोल विकास संस्था, आमा समूह, युवा क्लब, विद्यालयबाट सहभागिता जनाइसकेको र अभैm थप समूहहरुले सहभागिता जनाउने मञ्चका महासचिव गणेश प्रसाद ढकालले जानकारी दिए । प्रतियोगिता अवलोकन गर्नको पोखरेली जनसमुदायलाई आमन्त्रित गरिएको उनले बताए ।

देउसी भैलो प्रतियोगितामा प्रथम हुने समूहलाई रु. २० हजार, दोश्रोलाई रु. १५ हजार, तेश्रोलाई रु. १० हजार, सान्त्वनालाई रु. ५ हजार प्रदान गरिने अध्यक्ष बरालले जानकारी दिए । साथै उत्कृष्ट नृत्यलाई रु. ५ हजार, उत्कृष्ट भेषभुषालाई रु. ५ हजार र उत्कृष्ट बाद्दबाधनलाई रु. ५ हजार प्रदान गरिने उनले जानकारी दिए । साथै एकल लोक नृत्य प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार, दोश्रोलाई रु. ३ हजार, तेश्रोलाई रु. २ हजार र सान्त्वनालाई रु. १ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक चेत बहादुर महतले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...