सर्वसम्मतको प्रयासले बन्दसत्र सुरु भएन,पदाधिकारी चयनमा सकस

पोखरा, मङ्सिर १२ गते । नेकपा (एमाले) को दशौँ महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन् । सर्वसम्मत नेतृत्व चयन गरेर आज महाविधेशन सम्पन्न गर्ने योजना भएपनि सर्वसम्मतको प्रयास सफल नहुदाँ सकस भएकोछ । एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको भिम रावलका कारण सर्वसम्मतको प्रयास सफल हुन सकेको छैन् । रावलले अध्यक्षमा आफनो उम्मेदवारी रहेको बताउदै अडानकाबाट पछि नहटेपछि बन्दसत्र सुरु हुन ढिला भएको हो ।

अध्यक्ष ओली होटलमा छलफलमा रहेकाले बन्द सत्र सञ्चालन हुन नसकेको एमालेले जनाएको छ । प्रतिनिधिहरु सर्वसम्मत नेतृत्व चयन गरेर जानुपर्नेमा पक्षमा रहेपनि पदाधिकारी व्यवस्थापनमा ओलीलाई सकस भएको छ । एमालेको वरिष्ठ उपाध्यक्षमा ओली पक्षकै नेताहरु ईश्वर पोखरेल र सुवास नेम्वाङले दावी प्रस्तुत गरेका छन् भने भिम रावलले वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको अडानबाट पछि हटनसक्ने सम्भावना रहेको छ ।

 

तर अ‍ोलीले रावललाई वरिष्ठ उपाध्यक्ष बनाउन अनिच्छा देखाएका कारण समस्या भएको छ । पदाधिकारीमा एमाले, पूर्व माओबादी र दश बुदेँ गरेको एमालेकै नेताहरुलाई समेटनुपर्ने बाध्यताले अध्यक्ष ओलीलाई अप्ठयारो परेको छ । बन्द सत्र सुरु नहुदाँ प्रतिनिधिहरु फुर्सदिला भएका छन् । उनीहरु सेल्फि खिच्दै र गफ गरेर समय विताई रहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु सहमतिको प्रयासका लागि कसरतमा छन् । अधिवेशन स्थलामा के कारणले ढिलाइ भएको भन्ने जानकरी भने प्रतिनिधिलाई दिइएको छैन । सहमतिको प्रयास भैराखेको भन्ने जानकारी भने प्रतिनिधिहरुले आफू निकट नेताहरुबाट जानकारी पाएको बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...