३६ सय संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

आज थप ७५५५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।सक्रिय संक्रमित संख्या ६९ हजार २९१ रहेको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता संगीता मिश्रले पुष्टि भएका ८० प्रतिशत नमुनामा ओमिक्रोन र बाँकीमा डेल्टा भेरिएन्ट पुष्टि भएको बताइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...