सहकारी विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड

पोखरा, असार ३२ गते । सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित एक दिने लेखा तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन ।

पोखरा १७ का वडाअध्यक्ष एवम् नेकपा एमाले महानगर प्रतिपक्षी दलका नेता राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समृद्धिको लागि सहकारीहरु उत्पादनसंग जोडिनुको विकल्प नभएको बताउनुभयो ।सहकारी आर्थिक कारोवारसंगै शेयर सदस्यको जिवनस्तर उकास्नेखालका गतिविधिमा लाग्नु पर्ने बताउँदै उहाँले सहकारी बीच प्रतिष्पर्दा भन्दा पनि सहकार्य र समन्वयको आधारमा अघि वढ्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

 

कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले तालिमवाट प्राप्त ज्ञान सहकारी सञ्चालनमा उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी संस्था बीच स्वच्छ प्रतिस्पर्दा एवम् पारदर्शितमा उहाँको जोड थियो ।कार्यक्रममा संस्थाका शेयर सदस्य पोखरा १७ को वडाअध्यक्ष र वसुन्धरा लामिछाने पोखरा ७ को वडासदस्यमा निर्वाचित हुनु भएकोमा उहाँहरुलाई बधाई ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

संस्थाका सञ्चालक समिति, सल्लाहकार विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहेको उक्त तालिममा सहकारी प्रशिक्षक नारायणप्रसाद आचार्यले प्रशिक्षण दिनु भएको थियो ।सहकारीका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला, सल्लाहकारव्दय विष्णुबहादुर द्धारे र डिवी भुजेल,उपाध्यक्ष पवित्रा जिसी, लेखा सुपरिवेक्षण समितिका संयोजक रुकुम बहादुर जि.सी., शिक्षा उपसमितिका संयोजक रमेश ढुङ्गाना,सचिव गणेश श्रेष्ठ लगायतले सहकारीले गर्दै आएका गतिविधि र भावि कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । पाँच सय शेयर सदस्य रहेको उक्त सहकारी संस्थाको आठ करोड भन्दा बढीको कारोवार रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...