बिमा रत्नबाट विक्रम उदास सम्मानित

पोखरा, साउन २४ गते ।बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित भएका छन् ।उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमकाबिच बिमा रत्नबाट सम्मान गरेको हो ।

उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९÷८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल भएका हुन् । पुरस्कार स्वरुप उनले टिभिएस ब्राण्डको मोटरसाइकल र डेल कम्पनीको ल्यापटप प्राप्त गरे ।

 

उनलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्ण र अप्लाइनर रेशम गौतमले पुरस्कारसहित सम्मान गरे । कार्यक्रममा बोल्दै सिइओ कर्णले बिमाको महत्वको बारेमा स्पष्ट पारेका थिए ।

 

कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य , उपप्रमुख गणेश धमला, युनाइटेड गोल्डमार्टका सञ्चालक महेन्द्र गुभाजु, लगायतले बोलेको कम्पनीका लामाचौर शाखा प्रमुख सुर्य राज चपाइले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...