‘जनतालाई झुटा आश्वासन दिन्न’: एमाले उम्मेदवार श्याम

पोखरा, २१ कार्तिक ।गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की १ (ख) बाट एमालेका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । मादी ५ मा भएको घरदैलो कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने झुटा दिँदै आएकाले आफूले त्यो नगर्ने बताए । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन् ।’


आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङले बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने । ०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मतको खेर जान दिने छैन । अब विकास र समृद्धितर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो,’ उनले भने । निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनकोे भनाई छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वाग्रह राख्दिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’
उनले आफूले गाउँपालिका अध्यक्ष हुँदा कास्कीमा नमुना गाउँपालिकाको रुपमा मादीलाई पु¥याएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘मुलुकको विकास कसले गर्न सक्छन् र त्यसैलाई मतदाताले पहिचान गर्नुपर्छ,’ उनले भने । उनले एमाले बाहेकका अरु दलको सिङगल सरकार बन्ने सम्भावना नरहेको उनले बताए ।

‘कांग्रेसले गठबन्धनबाट प्रत्यक्षमा करिब ८५ सिट भन्दा पाएको छैन । माओवादीको त्यही ४५÷४६ कति हो । अरु दलको कुरा नगरौं । यसरी गठबन्धनबाट कसैको बहुमतको सरकार बन्ने सम्भावना झिनो आस पनि छैन,’ उनले भने, ‘बहुमतको सरकार बनाउने भनेको एमाले बाहेक अरुको विकल्प छैन । यसैले एमालेलाई भोट दिएर स्थायी सरकार बनाउन तपार्ईंहरुले प्रत्यक्ष र समानुपातिकमा भोट दिनुस् ।’

बहुमतको सरकारले मात्र नेपालमा काम गर्न सक्ने श्यामले बताए । उनले आफूलाई देखाएको माया र विश्वासको सम्मान गर्ने जनाए । ‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन गुरुङले भने, ‘शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...