पोउवा संघद्वारा बस्तुगत संघहरुलाई सम्मान

पोखरा,६ पुस । पोखरा उद्योग वाणिज्य संघले ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ सफल पार्न सघाउने बस्तुगत संघहरुलाई सम्मान गरेको छ ।
पुस १६ देखि २५ गतेसम्म पोखराको नयाँबजारमा आयोजित मेला सफल हुनुमा बस्तुगत संघहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै संघले बुधबार प्रशंसापत्रसहित ती संघ÷संस्थाहरुलाई सम्मानित गरेको हो । संघ तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापति,निवर्तमान अध्यक्ष नारायण कोइरालासहितले बस्तुगत संघहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् । कार्यक्रमा बोल्दै अध्यक्ष प्रजापतिले बस्तुगत संघहरु पोखरा उद्योग वाणिज्य संघको खम्बा भएको र आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिएको बताए । उनले बस्तुगत संघहरुले भोगेका समस्याहरुको जानकारी उद्योग वाणिज्य संघलाई गराउन पनि आग्रह गरे ।
संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्रका समस्या समाधानको लागि संघ निरन्तर लागिपरेको बताए । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुका समस्याहरुलाई लिएर यही पुस १३ गते नेपाल राष्ट्र बैंक गण्डकी कार्यालयको आयोजनामा गोष्ठी आयोजना हुन लागेको जानकारी दिँदै आफ्ना समस्याहरु राख्न आग्रह गरे । संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेला सफल हुनुको श्रेय बस्तुगत संघको सहयोग भएको उल्लेख गरे । महासचिव बलराम आचार्यले संकटग्रस्त निजी क्षेत्रलाई सहज हुने गरी नीति निर्माण तहमा हस्तक्षेपकारी धक्का दिन पोउवा संघ सधैँ तयार रहेको बताए । कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेला आयोजना नाफाको लागि नभएको र संघ व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यमा सफल भएको बताए । उपमहासचिव शोभा गौतमले बस्तुगत संघहरुसँग सहकार्य गर्न पोउवा संघ सदैव तयार रहेको र अब सिर्जनात्मक काममा लाग्ने बेला आएको बताइन् । कार्यक्रममा उपस्थित बस्तुगत संघका अध्यक्ष,पदाधिकारी तथा प्रतिनिधिहरुले सहकार्यको परम्परा निरन्तर रहने र संघका हरेक क्रियाकलापा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...