मुक्तिनाथ बैंक अमरसिंह शाखाले मनायो वार्षिकोत्सव

पाेखरा,पुस २० गते ।मुक्तिनाथ विकास बैंक अमरसिंह शाखाले १६ औं वार्षिकोत्सव मनाएको छ ।


पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित रहेको शाखा कार्यालयमै आज (बुधबार) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसी तथा विशेष सेवाग्राहीहरु प्रकाश लामा, मोहन प्रसाद ढकाल, देवेनद्र कुमार गुरुङ र कमल बहादुर बाँनियाले सँयुक्त रुपमा केक काटेर वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरे ।

सो अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीले आगामी दिनमा सेवाग्राहीको मागलाई मध्यनजर गर्दै बैंकको सेवा तथा सुविधाहरु बिस्तार गर्ने योजना रहेको धारणा राखेका थिए ।

यस्तै सेवाग्राहीहरुले नागरिक तथा सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै सेवाहरु बढाउनुपर्ने आग्रह गरेका थिए । सो कार्यक्रममा सेवाग्राहीहरुसँग बैंकले आगामी दिनमा ल्याउनुपर्ने योजनाको बारेमासमेत अन्तरक्रिया गरिएको थियो ।

मुक्तिनाथ विकास बैंक अमरसिंह शाखासँगै पोखरा महानगरपालिका ९ नागढुङ्गा शाखाले रक्तदान कार्यक्रमको आयोजना गर्दै १६ औं वार्षिकोत्सव मनाएको थियो ।

‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भन्ने नारासहित बैंकिङ तथा वित्तिय क्षेत्रमा क्रियाशिल मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ ।

 

सो बैंकले पछिल्लो समय देशभरका १ सय ७८ वटा शाखाहरुबाट आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंक अमरसिंह शाखा प्रमुख अशोक लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कर्जा प्रमुख नुर बहादुर गुरुङले गरेका थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...