अनेरास्ववियुकाे अध्यक्ष समिक वडाल

नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक वडाल  निर्वाचित भएका छन । काठमाडौ सम्पन्न २३औ रास्ट्रिय महाधिवेशनबाट निर्वाचित वडाल निर्वाचित भएका हुन ।

बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

निर्वाचनमा १५१७ मत खसेको थियो । त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरे ।

 

अनेरास्ववियुकाे उपाध्यक्षमा गोबिन्द गिरी,उपाध्यक्षमा नारायण घर्ती, उपाध्यक्षमा धर्म गिरी,उपाध्यक्षमा मर्यादा बिस्ट,महासचिवमा   नरेश रोकाय निर्वाचित भएका छन ।

 

त्यस्तै सचिवमा प्रकाश पौडेल, सचिव आशीर्वाद सुवेदी,सचिव: डा. सुजन कडरिया, सचिव  दिपेश प्रसाईं सचिव  सन्जिव धिताल, सचिव दिपक धामी, सचिव  अन्जना शिवाकोटी, सचिव बिनिता काफ्ले,सचिव  आरती भट्टराई निर्वाचित भए ।

यता कोषाध्यक्षमा सङ्गम अर्याल, निर्वाचन आयोग अध्यक्षमा सत्य शाही, अनुशासन आयोग अध्यक्षमा  शोभा सापकोटा, लेखा आयोग अध्यक्ष इ. सुनिल तिमिल्सिना चएन भएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...