पोखरा फेवा फिष्टेल सिटिमा जनार्दन

पाेखरा, चैत २३ गते ।लायन्स क्लव अफ पोखरा फेवा फिष्टेल सिटीले लायन वर्ष २०२३/२४ का लागि जनार्दन सुवेदीको नेतृत्वमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

यहि २० गते विन्ध्यवासिनी पार्टी प्यालेसमा भएको यस कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष गिरीधारी पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष एक नारायण शर्माले गर्नु भएको थियो ।

 

 

वहाँ डिष्ट्रीक ३२५ एल को लायन वर्ष २०२३/२४ का लागि दोश्रो उपाध्यक्ष डिष्ट्रीक गभर्नरक उमेदवार पनि हुनुहुन्छ । क्लवको पहिलो उपाध्यक्ष महेश कुमार सिग्देन, द्वितीय उपाध्यक्ष गिता कुमारी लामिछाने, तृतीय उपाध्यक्ष यमप्रसाद पौडेल, सचिव कृष्णप्रसाद पौडेल, कोषाध्यक्ष खेमबहादुर क्षेत्री, सह-सचिव नेत्रप्रसाद ढकाल, सह-कोषाध्यक्ष प्रकाश पोख्रेल लगायत विभिन्न पदहरुमा निर्वाचित हुनु भएको थियो ।

 

 

निवाचित अध्यक्ष जनार्दन सुवेदीले स्थापना काल देखिनै गरिदै आएको कार्यहरुलाई निरन्तरत दिदै थप नयाँ र नौलो कार्यक्रम कार्य मानवीय सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नु भयो । स्वागत मन्तव्य गिता कुमारी लामिछानेले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन केदार ढकालले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...