महिला सिप विकास बचत तथा ऋण सहकारी अध्यक्षमा रामकली

आइतवार, भदौ १८, २०७४
41

पोखरा १८ भदौ । महिला सिप विकास बचत तथा ऋण सहकारी सस्थाको सातौ साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । रामकली खड्काको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा शान्तिमाया थापा, सचिबमा मिना खड्का, कोषाध्यक्षता सीता थापा र सदस्यहरुमा बन्दना अधिकारी, अन्जना गुरुङ, गगांदेवी पुर्जा, तेसै गरि बेलमाया गुरुङ र दिक्षा परियार रहेका छन । लेखा समिति संयोजक लालु गुरुङ, सदस्यहरु यमुना श्रेष्ठ र डिलकुमारी रानाभाट रहेका छन क्रृण उपसमितिमा संयोजक सूर्यकुमारी पान्डे र सदस्यहरुमा सुनिमाया र अनिता नाम्जालि रहेका छन । शिक्षा उपसमिति संयोजकमा भगबती ढकाल सदस्यहरु पन्चमाया गुरुङ र चन्द्रकला के.सी रहेको ।

 

महिला सिप विकास संस्था सगँ आवद्ध रहेर वि.स २०६६ सालमा स्थापना भएर संचालन गरेको सहकारीमा २सय ८५ जना शेयर सदस्य रहेका छन ।सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका अधिकृत इश्वरी ढकालको प्रमुख अतिथितिको मनतब्य राख्दै सहकारीको माध्यमबाट आर्थिक तथा सामाजिक विकास गर्ने सकिने भन्दै कच्च प्रदार्थको उपयोग गरि विभिन्न उत्पादन मुलक काममा अगाडी बढी आर्थिक बृद्धि गर्ने सुझाब दिएका थिए ।

 

संस्थाका अध्यक्ष रामकली खड्कको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहाकार विष्णु प्रसाद बराल, उपाध्यक्ष शान्तिमाया थापा लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए । सचिब मिना खड्का साङगठानिक प्रतिबेदन पेश गरेकी थिइन भने कोषाअध्यक्ष सिता थापा आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन भने सो अबसरमा संस्थाका उत्कृष्ट काराबार गर्ने तिन जनालाई सम्मान गरिएको थियो ।

शेयर