चीनको कुन्मिन शहरका उपमेयरलाई पोखराकी उपेयर गुरुङद्धारा स्वागत

मङ्लबार, भदौ २०, २०७४
393

पोखरा २० भदौ । मित्रराष्ट्र चीनको कुन्मिन शहरका उपमेयर सहित नौ सस्यीय प्रतिनिधिमण्डला मंगलबार पोखरा आएको छ । कुन्मिनका उपमेयर लि जिगोङको नेतृत्वमा पोखरा आएको टोलीलाई पोखरा लेखनाथ महानगपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, उद्योग उपाध्यक्ष गोकर्ण कार्की र पोखरा लेखनाथ महानगरपालिकाका ईन्जिनियर धु्रव भरटाई र वडा सदस्य अञ्जुकेसीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा उपमेयर गुरुङसंग छोटो कुराकानी गदै कुन्मिनका उपमेयर लि जिगोङले भ्रमणका लागी निम्तो दिए । उनले भने –‘कुन्मिन सुन्दर शहर हो, जनुसुकै समयमा पनि तपाईलाई स्वागत छ ।’कुन्मिनको उच्चस्तरीय प्रतिनिधि मण्डलले मंगलबार साँझै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मनबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङसंग फेवाताल पारी रहेको फिष्टेल लजमा भेट गरेको छ । भेटमा दुई शहर वीचको सम्वन्ध र सहयोगका बारेमा छलफल भएको थियो ।

 

दुई पक्षिय भेटले पोखरा र कुन्मिन वीचको सम्वन्ध थप बलियो र सहयोग आदान प्रदानमा फलदायी हुने विश्वास ब्यक्त गरे । तिन दिन सम्म पोखरा रहने प्रतिनिधि मण्डलले अन्तराष्ट्रिय संग्राहालय, डेभिड फल्स, सराङकोट, विन्ध्वासिनी मन्दिर, गणेशटोलको भ्रमण गर्ने र बिहिबार तिन बजे चिन फकर्ने कार्यतालिका रहेको छ ।

शेयर