एन आर एन मा महिला सहभागिता किन ?

बिहिबार, भदौ २२, २०७४
182

 भगवान गिरि( युरोप प्रतिनिधि )

इतिहासका हरेक कालखण्डमा महिलाको भूमिका उल्लेखनीय रहेतापनि राणाकालीन समय र पंचायतकालमा बिभिन्न परिस्थितिका कारण महिलाहरूको पहुँच चुलो चौकोमा नै सिमीत रहेको थियो। २०४६ सालको जनआन्दोलन पश्चात प्राप्त भएको प्रजातन्त्रले नेपाली महिलाहरुलाई अवसरका क्षेत्रमा केही राहत मिल्यो। फलस्वरुप शिक्षा, स्वास्थ्य र राजनीतीमा महिलाहरुको उल्लेखनीय सहभागीता हुन थाल्यो।
यद्दपी नेपालको प्रसंगमा महिला पुरुषबीच ठूलो खाडल छ। यो खाडल पुरा गर्न सकारात्मक विभेदको नीति अबलम्वन अर्थात आरक्षणको व्यवस्था गरी खाडल साँघुराउने प्रयासहरु थुप्रै भएका छन्।
महिला पुरुष बिच भएको खाडल पुर्न सके मात्र मुलुकले फड्को मार्न सक्ने कुरा अकाट्य हो। महिलाको सकृयता पुरुषको निस्कृयताको लागी अगाडि सारिएको नारा होइन। एउटा महिला शिक्षित भएमा परिवार नै शिक्षीत हुने शास्वत सत्यलाई ऋदयगम् गरेर नै महिला सकृयताको अवधारणा अगाडि सारिएको हो।
गैर आवासीय नेपाली संघको स्थापनादेखि नै महिला सहभागीतालाई प्रोत्साहन गरेपनि सन २००९ मा महिला फोरम स्थापना भएपछिमात्र संघमा महिलाहरुको उल्लेखनीय सहभागिता हुन थालेको हो। समान अवसरको भागेदार महिला र पुरूष हुँदा हुँदै पनि नेपाली संस्कार, सन्तान र परिवार प्रतिको फरक जिम्मेवारी र पुरुषसँग प्रतिस्पर्धा गर्न कतिपय अवस्थामा निरुत्साहित गरीएको कारण पनि गैर आवासीय नेपाली संघमा महिला सहभागीता कम रहेको पाइन्छ।
यसै प्रसंगमा मैले गैर आवासीय नेपालीसंघको सचिव पदमा रहेर २ वर्ष काम गर्दा थुप्रै मुलुकहरुको भ्रमण गर्ने मौका पाएको थिए र त्यहाँको समस्याको बारेमा बुझ्ने अवसर पाएको थिए। मेरो बुझाईमा महिला ससक्तिकरण र आर्थिक ससक्तिकरण समानताका प्रमुख सुत्रधारहरु हुन्।
बैदेशीक रोजगारी नेपाली महिलाको लगि आर्थिक सशक्तिकरणको एउटा अभिन्न अंग हो। आत्मनिर्भरताका चाहनाले बैदेशीक रोजगारी पुरुषका लागि मात्र होइन महिलाको लागि पनि एउटा राम्रो विकल्पको रुपमा आएको छ। धेरै नेपाली दिदी बहिनीहरु खाडी मुलुकहरुमा घरेलु कामदारका लागि प्रतिबन्ध लगाइएका कारण यी मुलुक प्रवेश गर्न नेपाली महिलाहरुले नेपालको एयरपोर्ट प्रयोग नगर्र्ने हुनाले कोइसँग पनि तथ्याङ्क छैन। मध्यस्तकर्ता मार्फत घरेलु कामदार बन्न पुगेका धेरैलाई उनीहरुले अपनाउनु पर्ने सावधानीका बारेमा अनभिज्ञ रहन्छन्। कुनै नीति वा सम्झौता भन्दा पनि मालिकको भर पर्ने थुप्रै कामदारहरुको नियती रहन्छ। यसरी दयनीय स्थितिबाट गुज्रेका महिला वा पुरुष कामदारको सुरक्षाको प्रत्याभूति, विमाको व्यवस्था आदि कुराको समुचीत सम्बोधनका लगि गैर आवासीय नेपाली संघले समन्वयकारी भूमिका खेल्नु अहिलेको आवश्यकता हो। संघ अहिले सातौ विश्व सम्मेलनको संघारमा उभिएको छ। यसै क्रममा विभिन्न देशहरु मा रहेका नेपालि समुदाय ले आफू बसेको रास्ट्र मा पनि एन आर एन को सम्मेलन गरि कार्यसमिति गठन गर्ने प्रक्रिया मा छ पोर्तुगल मा पनि एन आर एन को रोनक संगै महिला सहाभागिता को अर्थ पुर्ण रहने भन्दै महिला संयोजक र महिला उपाध्यक्ष को कोटा छुट्टाएको छ । चुनावी मैदान मा उतरिएका महिला भन्छन । नारी समाज पोर्तुगल गठन गरि सामाजिक कार्यमा किर्या शिल दिदिबहिनी हरुले आफ्नो चुनावी नारा तय गरेका छन । एन आर एन पओर्तुगल को महिला संयोजक मा निर्बिरोध निर्वाचीन हुन सफल नारी समाज पोर्तुगल कि अध्यक्ष सीता बराल आफ्नो भुमिका वारे यसरी भन्नू हुन्छ
सीता बराल एन आर एन पोर्तुगल को महिला संयोजक ( निर्बिरोध निर्वाचित)
बिदेशी भुमिका दुख सुख साटासाट गर्दै यहाको बसाई सहज बनाउने साझा चौतारी को रुपमा इ. बि. २०१४ मा नेपाली नारी समाज पोर्तुगलको स्थापना भएको हो ।
स्थापनाकाल बाट नै हामीले विभिन्न खाले ब्युटिसियन तालिम संचालन गरेर कति साथीहरू व्यावसायिक बनिसक्नु भएको छ भने धेरै साथीहरूले रोजगार पाउनु भएको छ साथै नेपाली कलासस्कृती लाई जोगाउदै परदेशमा समेत प्रचार प्रसार गर्नु हाम्रो कर्तव्य हो यसलाई निरन्तरता दिदै आएका छौ । परदेशमा बसेर आफ्नो मातृभुमीमा परेका हरेक दुख, पीडामा साथ दिदै आएका छौ ।
एनअारएन पोर्तुगलको छैटौं अधिबेशनमा नेपाली नारी समाज पोर्तुगल बाट ७ जनाको उम्मेद्बारी परेको छ । अन्तरास्ट्रिय महिला संयोजक पदमा मलाई निर्बिरोध दिनुहुने सम्पुर्ण नेपाली दिदिबहिनी दाजुभाइ हरु लाई हार्दिक धन्यवाद दिन चाहन्छु । हजुर हरुको मया र बिश्वास लाई खेरा जान दिने छैन भन्ने प्रतिबद्धता गर्दछु । एनअारएन को अहिलेको बिधानमा १ महिला उपाध्यक्ष अनिवार्य राखेकोमा नेपाली नारी समाज हार्दिक स्वागत गर्दछ । १ पद्को लागि ३ जना र सदस्य हरुमा ३ गरि ७ जनाको उत्साह पुर्ण उम्मेद्बारी परेको छ । यो उत्साह पुर्ण महिला सहभागीता पहिलो हो । यसको श्रेय नारी समाज लाई जान्छ । अबको एनअारएन मा महिला हरुको निर्णायक भुमिका रहने बिश्वास लिएकि छु । साथै १ पदको लागी ३ जनाको उम्मेद्बारी परेकोमा २ साथीहरू ले आफ्नो उमेदवार फिर्ता गराइ आउदा बर्ष हरुमा नेपाली नारी समाज बाट नेतृत्वदाइ भुमिकामा आउन सफल होस भन्ने कामना गर्दै उमेदवार साथीहरू लाइ अग्रिम बधाई तथा शुभकामना छ ।
अन्य पदमा भने निर्बिरोध हुन नसके पछि चुनाब हुने पक्का पक्की नै भयो निर्वाचन मा हुमिएका महिला उमेदवार लाई किन तपाईं को उम्मेद्बारी लाई सोधिएको प्रस्न मा आफ्नो बिचार यहाँ जस्ताको तेस्तै पस्तुत गर्ने जमर्को गरेका छौ । १ महिला उपाध्यक्ष रहेको पदमा ३ जनाले उम्मेद्बारी दिनु भएको छ । पोर्तुगल मा लामो समय सङ बसेर सामाजिक कार्य मा अग्रसर बिस्णु लुईटेल भन्नू हुन्छ ।
बिष्णु लुइँटेल नारी समाज पोर्तुगलको सल्लाहकार (उपाध्यक्ष पद को उमेदवार)
सम्पूर्ण पोर्चुगलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु यही सेप्टेम्बर 10 तारिख हुनगईरहेको एन.आर.एन.ए पोर्चुगलको 2017 देखि 2019 सम्मको कार्यकालको लागि नेपाली नारी समाज पोर्चुगलको तर्फबाट महिला उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिएकी छु । हजुरहरुको सहयोग, सद्भाव, हौसला साथै एक एक भोट नै मेरो विजयको आधार हो । अहिलेको एन.आर.एन.ए को विधान अनुसार अनिवार्य महिला उपाध्यक्ष राखेको हुँदा जिम्मेवार र निर्णायक पदमा महिलालाई पुर्याउन ल्याइएको विधानलाई हामी महिला हृदय देखि नै स्वागत गरेका छौ ।
एन.आर.एन.ए मा मेरो उपस्थितले सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुको आवाज, अन्याय , शोषणमा परेका महिला र दमित आवाजलाई एनआरएनए सम्म पुर्‍याउन र न्यायकोलागि दवाव श्रृजना गर्न शसक्त रुपमा भुमिका खेल्नेछु ।
साथै विदेशी भुमिमा नेपाली समुदायमा पर्ने हरेक समस्याको समाधानको लागि सक्रियता देखाउने प्रतिवद्धता व्यक्त गर्दछु ।
अन्तमा यहि 10 तारिख सम्पूर्ण पोर्चुगलवासी नेपाली उपस्थित भै मतदान गर्न अनुरोध गर्दछु ।
तेस्तै गरि सोहि पद्मा उमेदवारि दिनु भएकी महिला सरु सापकोटा
सरु सापकोटा कोषाध्यक्ष नारी समाज (उपाध्यक्ष को उमेदवार )

समुर्ण पोर्तुगल बासी आदरणीय दाजुभाइ, दिदिबहिनी हरुमा एन आर एन (२०१७-२०१९) यहि सेक्टेम्बर 10 तारिक हुन गैरहेको छैटौं अदिबेशनमा मेरो महिला तर्फको उपाध्यक्ष पदको लागि उम्मेद्बारी दिएको छु । र बिगत देखि नै नारी समाज पोर्तुगल मा रहि विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको कुरा यहाँ हरुलाई अबगत गराउन चाहन्छु । नारी समाज मा रहि काम गर्दै आउँदा सिकेका कुरा हरु अब एन आर पोर्तुगल मा रहि समाजिक कार्य मा आफुलाई अग्रसर बनाउने मेरो धोका छ । र महिले पोर्तुगल मा बसोबास गर्दै आउनु भएका नारी हरु लाई एक ठाउँ लाई नारी लाई पर्ने समस्या हरु पहिचान गरि समस्या समाधान गर्न लागि पर्ने । लैगिक बिबेद को अन्त गर्दै नारी गहरु लाई सीप मुलक कार्यमा अग्रसर गराउन ।नेपाली कला सस्कृको जगेर्ना गर्दै । समुन्नत समाज निर्माण को लागि मेरो उम्मेद्बारी दिएकी छु । यहाँ ले मलाई ब्याती मात्रै होईन मेरा एजेन्डा लाई हेरेर हाम्रो लाई होइन राम्रो लाई चुनौ भन्न चाहान्छु ।
तेस्तै राम्रो समय देखि व्यावसायिक गर्दै आउनु भएकी महिला उपाध्यक्ष कि उम्मेद्बारी   

गिता राना  स्वतन्त्र  ( उपाध्यक्ष  पद कि उमेदवार )

 पोर्चुगलमा बस्नु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज़ुभाईमा मेरो तर्फबाट हार्दिक नमस्कार।
  मेरा केही भिजनहर
.एन.आर.एन.ए पोर्चुगलको २ बर्षे कार्यकाल(२०१५-२०१७)मा सिकेका तितामीठा अनुभव बटुली सम्पूर्ण नेपालीहरुको हक़हित का लागी गर्नुपर्ने बाँकी कामहरुमा म सहभागी हुन चाहन्छु।
.पोर्चुगलको कृषि क्षेत्रमा हामीले सबै नेपालीको हकहितको लागि गर्नु पर्ने धेरै कार्यहरु छन त्यसको लागी यहीको प्रतिनिधि भए सजिलो हुने महशुश गरेकी छु।त्यसैले कृषि क्षेत्रको प्रतिनिधित्व गरी हर सम्भव सहयोग अनि सम्पूर्णनेपाली को आवाज़ बनी संस्थामा पुर्याउने मात्र हैन समस्याको समाधान गर्न दबाब दिन चाहन्छु।
.लिस्वनमा बिभिन्न संघ संस्था हरू छन,नारीहरुको हकहितको लागी नारी समाज छ तर जहाँ अत्यन्त आवश्यकता छ,त्यहाँ नारीको प्रतिनिधित्व गर्न चाहन्छु।
.अनेकौं समस्याहरु संस्था सम्म पुर्याउने माध्यम बनी समाधान गर्न चाहन्छु ।
कुनै पनि नेपालीलाई समस्या परेको खण्डमा मलाई २४ औं घण्टा फ़ोन गर्न सक्ने प्रतिबद्धता गर्छु।
यस्तै यावत समस्याहरु को समाधान खोज्ने प्रण गर्दै संस्थाको
एउटा स्वच्छ,पारदर्शी कमिटी बनोस भन्ने कामना गर्दै
सम्पूर्ण नेपालीहरूको विश्वासलाई खेर जान नदिने प्रतिबद्धता गर्छु
महिला सहभागीता बिना कुनै समाजिक सस्था ले दीर्घकालीन काम गर्न नसक्ने कुरा विभिन्न पद मा आफ्नो उमेदवार दर्ता गर्नु भएका दिदी बहिनी हरु को रहेको छ । सदस्य पदमा उम्मेद्बारी दिनु भएकी सरला तिमिल्सिना आफ्नो पर्तिबद्रता यसरी भनु हुन्छ ।
सरला तिमिल्सिना सदस्य नारी समाज पोर्तुगल ( सदस्य पद को उमेदवार )
समुर्ण पोर्तुगम मा बसोबास गर्दै आउनु भनेका नेपाली समुदाय का दाजुभाइ, दिदिबहिनी, आफन्त शुभचिन्तक हरु मा नमस्कार म एक नारी हु । सामाजिक कार्य मा महिला को सहभागिता सबल र सामाजिक संस्था आवस्यकता भने भनाई का साथमा सेक्टेम्बर१० नारी हरु लाई पनि सामजीक संस्था मा अर्थपूर्ण सहभागिता गराउन पर्छ भने उदेश्य का साथ आफ्नो उमेदवार दिएकी छु । नारी हरु हरेक निर्णायक क्षेत्र मा पुगेर आफ्नो भुमिक निर्वाह गर्नु पर्छ भन्दै आफू पोर्तुगल मा आउदा नारी भएको ले भाषाको अज्ञानता सीप को अज्ञानता ले धेरै कठिनाइ भोग्नु पर्यो ।अब देखि कुनै पनि महिला दिदी बहिनी लाई येस्तो खालको समस्या बाट जोगाउन एन आर एन पोर्तुगल को कार्यसमिति मा रहि नेतृत्व पङ्ती लाई खवरदारी गर्दै ।रचनात्मक सहयोग गर्न मेरो उम्मेद्बारी हो । तेस्तै आर्को उमेदवार निर्माला ढकाल (खराल ) ले पनि आफ्नो पर्तिबद्रता असरी राख्नु हुन्छ ।
निर्मला ढकाल (खराल ) नारी समाज पोर्तुगल ( सदस्य पद को उमेदवार )
सम्पुर्ण पोर्तुगल निवासी नेपालि समुदाय का दाजुभाई दिदी बहिनी मा नमस्कार पोर्तुगल मा सम्पन्न हुन ।गैरहेको एन आर एन पोर्तुगल को छैटौं अदिबेशन मा सदस्री पदमा महिले उम्मेद्बारी दियेको छु ।नेपाली समुदाय को समस्या पहिचान गरि समाधान को लागि एन आर एन को कार्यसमिति मा रहि बुलन्द आवाज उठाउने । अहिले महिला लाई हेर्ने द्र्ष्टिकोर्ण लाई कसरी परिवर्तन गर्दै नारी हरु लाई आत्मनिर्भर हुने खालका तालीम गोष्ठी तयार बनाई काम गर्न गराउन ल्याउन । सङै नेपाल र पोर्तुगल को बिचमा गाढा सम्बन्ध बनाउन हामीले हाम्रो ठाउँ बाट प्रयास गर्न नै मेरो उम्मेद्बारी दिएकि हौ ।सबै को सहयोग र साथको अपेक्षा गरेकी छु ।तेस्तै आर्का सदस्य पद कि उम्मेद्बारी दिनु भएकी नेपाली नारी समाज पोर्तुगल कि माहासचिब मिना माया खरेल भनु हुन्छ ।
मिना माया खरेल नारी समाज पोर्तुगल ( सदस्य पदको उमेदवार )
पोर्तुगल बासी सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी हरु मा म मिना माया खरेल को तर्फ बाट नमस्कार 10 सेक्टेम्बर २०१७ मा २ बर्स कार्यकाल को लागि नारी समाज पोर्तुगल को तर्फ बाट सदस्य पदमा उम्मेद्बारी दिएकी छु ।सकारात्मक सोच सामाजिक उतरदाइत्व भन्ने नारा का साथ पोर्तुगल मा बसोबास गर्दै आउनु भएका निपाली महिला लाई एक गर्ने । एन आर एन अरु देशहरूको कार्य शैली कार्यदक्षता र पार्दशिता मा पछि नपर्ने गरि एन आर को बिधि बिधान अनुरुप कार्य गर्ने एन आर एन को संस्था गत बिकास र एन आर एन आम नेपाली को आफ्नो संस्था को रुपमा बिकास गर्ने एन आर एन भित्र रहेको अपारदर्शीता को अन्त्य राजनैनिक भागवन्डा को बिरोध गरि पोर्तुगल मा रहेको नेपाली को माझ मा मात्रै होईन बिस्व भरिनै नमुना एन आर एन बनाउने कार्य मा मेरो उम्मेद्बारी रहेको ले आशा छ यहाँ हरु को अमुल्य मत दिई मलाई बिजय गराउनु हुन्छ भनेमा । जय नेपाली ।। जय एन आर एन । अब विश्व मा नै नेपाली नारी हरु ले आफ्नो कार्य दक्षता देखाई रहेको अवसरमा पोर्तुगल ले एन आर एन सहभागी हुदै छ्न सबै लाई शुभकामना । सबल र सक्षम सामाजिक संस्था बनाउन सफल हुनुहुन्छ भन्ने र सम्पुर्ण पोर्तुगल मा बसोबास गर्दै आउनु भएका नेपाली हरु लाई भोट हाल्न सहयोग गरिदिनु गर्नु होला ।

शेयर