दोश्रो साक चेस च्याम्पियनसिप भोलीबाट

पाेखरा, जेठ २९ गते ।नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोश्रो साक ९क्ब्ऋऋ० चेस च्याम्पियनसिप २०२३ भोली जेष्ठ ३दोश्रो साक ९क्ब्ऋऋ० चेस च्याम्पियनसिप २०२३ भोली जेष्ठ ३० गते बाट हुने भएको छ ।


असार ४ गते सम्म गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पुर्ण आवासीय सुविधा सहित हुने प्रतियोगितामा महिला र पुरुष गरि दुई स्वर्ण पदकका लागि दक्षिण एशियाका आयोजक नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० महिला र १० पुरुष खेलाडीहरुले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जनाकारी गराईयो । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो ।

 

दक्षिण एशियाका प्रत्येक राष्ट्रबाट १ महिला र १ पुरुष खेलाडी, डिफेन्डिङ्ग च्याम्पियन १ महिला र १ पुरुष तथा आयोजक नेपालबाट थप १ महिला र १ पुरुष खेलाडी गरि १०÷१० खेलाडीहरुले स्वर्ण पदकका लागी प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

 

नेपालबाट पुरुष तर्फ बर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामा तथा महिला तर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङ्गले प्रतिस्पर्धा गर्ने छन् ।

 

 

यस्तै अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भए पश्चात साउथ एशियन चेस काउन्सीलका अध्यक्षको परामर्शमा थप एक÷एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएको अध्यक्ष बिदुर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराए ।

 

 

पहिलो संस्करणका पुरुष तर्फका विजेता भारतीय ईन्टरनेशनल मास्टर नुवइरशशाह सेख र महिला तर्फकी विजेता बंगलादेशकी वुमन ईन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै ग्रान्डमास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 

 

अनुमानित ४० लाखको बजेट रहेको च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरु प्रथमले नगद १ लाख ५० हजार, दोश्रोले १ लाख र तेश्रोले नगद ५० हजार प्राप्त गर्नेछन् भने महिला तर्फका विजयी खेलाडीले नगद १ लाख, दोश्रोले ६० हजार र तेश्रोले नगद ४० हजार प्राप्त गर्नेछन् ।

 

 

हरीले जिते वेलम्यान समर रन २०२३ को उपाधी
दुवईमा आयोजना भएको वेलम्यान समर रन २०२३ को उपाधी नेपालका हरी कृष्ण बिष्टले जितेका छन् ।

 

दुवइ स्पोर्टस् काउन्सिलको सहकार्यमा अल बारारीमा भएको दौडमा तेक्वान्दोका प्रशिक्षक समेत रहेका बिष्टले १० कि.मि. दौडमा विभिन्न राष्ट्रका सहभागीलाई पछाडी पार्दै उपाधी जित्न सफल भएको दुवइबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेको जगन अधिकारीले जानकारी गराए ।

 

 

रोजगारीका सिलसिलामा विगत ७ बर्ष देखि दुवइमा रहेको सेनाका अवकास प्राप्त बिष्टले यस अगि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदक प्राप्त गर्न सफल भईसकेको अधिकारीले जानकारी गराए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...