पोखरामा प्रगतिबादी कविता

शनिबार, भदौ २४, २०७४
40

पोखरा २४ भदौ । देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको आयोजना र गण्डकी साहित्य सङ्गमको सहआयोजनामा नेपाल पोखरामा अन्तराष्ट्रिय काब्य संगम सम्पन्न भएको छ । पोखराको फेवाताल किनारामा रहेको पर्यटन बोर्डमा भएको काब्य संगममा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङका लगायतका एक सय कविहरुको सहभागीता रहेको थियो । कार्यक्रममा देशको राजनीतिक, सामाजिक र विभिन्न घटनाहरुलाई आधार बनाएर देखिएका प्रगतिबादी कविताहरु प्रस्तुत गरिएको थियो ।


युवा कवियत्री सरस्वती प्रतिक्षाको उत्तर तर्फको ढोका र युवा कवि अमृत सुवेदीको मालिक, चितवनका सुमन श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, स्याङजाका चित्नु गिरी, पोखराका नुमराज बराल, पदमराज ढकाल लगायले कविता प्रस्तुत गरे । काब्य संगमको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुपति सरुभक्त श्रेष्ठले उद्घाटन गरेका थिए । सोही कार्यक्रममा कृष्ण प्रसाईद्धारा लिखित कविताको संग्रह घामको विरासत नामक पुस्तकको लोकपर्ण समेत गरिएको थियो । उपकुलपति सरुभक्तले लोकार्षण गर्नुभयो । किताव बारे चर्चा गदै कवि तिर्थ श्रेष्ठले कितावमा ३३ कविता समेटिएको बताउनुभयो ।पुस्तकमा राज्यको दृष्टि नपुगेका र धुलो जस्तै बनाइएका मान्छेका बारेमा कविताको विषय वस्तु बनेको बताए । कार्यक्रम देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईको अध्यक्षतामा भएको थियो ।

शेयर