लेखनाथको अमरसिद्व माविका विद्यार्थीसंग पाेखरा न्यायिक समिति

पोखरा, असार १ गते ।विद्यालय स्तरबाटै न्यायिक समितिकाे बारेमा जानकारी गराउने उदेश्यले विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम संचालन भैरहेकाे छ ।

पाेखरा महानगरपालिका न्यायिक समितिकाे सहकार्यमा विभिन्न संघसंस्थाले पाेखराका विभिन्न विद्यालयमा कार्यक्रम गरिरहेका छन । साेहि कार्यक्रम अन्तर्गत आज सुर्यतारा क्लबले  लेखनाथमा रहेकाे अमरसिद्व नमुना माविमा विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम सम्पन्न गरेकाे छ।

कार्यक्रममा बाेल्दै पाेखरा महानगरपालिकाका उपप्रमुख एंव न्यायिक समिति संयाेजक मञ्जुदेवी गुरुङले न्यायमा नागरिकको पहुँच सहज बनाउन न्यायिक समितिकाे परिकल्पना गरिएकाे बताउनुभयाे । उहाँले आफुले निर्वाचित गरेका जनप्रतिनिधिसंग आफना कुरा राख्ने र स्थानीय स्तरबाट विवादकाे समाधान गर्ने गरि संविधानमै न्यायिक समितिकाे व्यवस्था गरिएकाे बताउनुभयाे ।

 

 

उहाँले विद्यार्थीका माध्यमबाट न्यायिक समितिका बारेमा घरघरमा पुर्‍याउने उदेश्यले कार्यक्रममा सञ्चालन गरिएकाे बताउदै यहाँबाट प्राप्त ज्ञानलाई घर परिवार र छरछिमेकमा समेत पुर्‍याउन विद्यार्थीसंग आग्रह गर्नुभयाे ।

 

 

न्यायिक समितिको काम, कर्तव्य र यसको व्यवहारिक पाटोबारे विद्यालय तहदेखि नै यसको बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगर न्यायिक समितिले अहिले महानगर भित्रका विद्यालयहरु र ज्येष्ठ नागरिकसंग न्यायिक कार्यक्रम सञ्चालन गरेकाे हाे ।

 

 

गुरुङले कानूनले व्यवहारलाई नियमबद्ध पार्न सघाउने हुनाले कानून सबैले जान्नुपर्ने विषय रहेको बताउनुभयाे । ‘कानूनले मान्छेको आचरण, बोलीचालीमा नियन्त्रण गर्छ । जसले गर्दा सद्भावपूर्ण समाजको निर्माण हुन्छ । शान्ति, सद्भाव फैलिन्छ,’ उहाँले भन्नु,भयाे  ‘ कसैलाई पनि अन्याय हुन हुदैन  । न्यायमा सबैको समान पहुँचका लागि पनि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

 

 

कार्यक्रममा अमरसिद्व  नमुना माविका प्रधानाध्यापक बिष्णु पाैडेल, सुर्यतारा क्लबका उपाध्यक्ष  कृष्णप्रसाद अधिकारी, जीवन तिवारी,भरत गाेदार लगायतले बाेलेका थिए ।

 

 

सुर्यतारा क्लबका अध्यक्ष विष्णु पुनकाे अध्यक्षतामा भएको थियाे । पोखरा महानगर न्यायिक समिति सदस्य कालिदास पाेखरेलले न्यायिक समितिकाे गठन प्रकिया र  अभिलेख संरक्षक राममणी अधिकारीले क्षेत्रााधिकारका विषयमा प्रशिक्षण गर्नुभएकाे थियाे ।कार्यक्रम क्लबका सचिव सरस्वती श्रेष्ठले सञ्चालन गर्नुभएकाे थियाे ।

 

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...