ऋषि लिला पत्रकारीता पुरस्कारबाट चट्याङ मास्टर सम्मानित

मङ्लबार, भदौ २७, २०७४
29

पोखरा २७ भदौ । क्रषि–लिा पत्रकारीता पुरस्कार तथा सम्मानबाट पहिलो पटक काठमाडौका कृष्णमुरारी गौतम(चट्याङ मास्टर) लाई मंगलबार पोखरामा सम्मान गरिएको छ ।

पोखरा बृद्धाश्रमले संस्थापक अध्यक्ष ऋर्षिकेशव पराजुलीको २० औ स्मृति दिवसको अवसरमा उहाँको नाउमा स्थापना गरिएको पुरस्कार पहिलो पटक मास्टरलाई सम्मान गरेको हो । ब्यवस्थापिका संसदका विकास समिमितका सभापति रविन्द्र अधिकारीले सम्मानपत्र र दोसल्ला ओढार सम्मान गरे । सम्मानपछि बोल्दै सांसद अधिकारीले बृद्धाहरुलाई सम्मान पूर्वक बाच्न पाउने गरि कानुन परिर्वतन गर्न लागेको जानकारी दिदै बाबु आमाको सम्पत्तिमा अंशबण्डा नहुने र इच्छापत्र कार्यान्वयन हुने ब्यवस्था बनेको बताए ।

 

उनले राजनीतिलाई सुधार गर्नुपर्ने बताउदै नसुध्रने ब्यक्तिले राजनीति नगरेपनि हुने बताए । उनले पेन्सन खोज्ने सांसदलाई मुलुकले पाल्न नसक्ने र त्यस्तो कानुन बन्न पनि नदिने बताए । सम्मान ग्रहण गदै कृष्णमरारी गौतमले जेष्ठ नागरिकको लागी समाजनै सवैभन्दा बढि जिम्मेवार हुनुपर्नेमा जोड दिए । । उनले जे कुरा पनि सिंहदरबारमा ताक्ने बानी त्याग्नुपर्ने बताए । उनले जेष्ठ नागरिकहरुलाई सम्मान गदै उनीहरुसंगको अनुभव, ज्ञान, सीप र सिर्जना राज्यले उपयोग गर्ने सझुाव दिए । कार्यक्रममा सम्मानित ब्यत्तित्वको परिचय सहित छनोट बारे छनोट समितिका संयोजक बद्रीविनोद प्रतिक र पुरस्कार र ऋर्षिकेशव पराजुलीको जीवनी पोखरा बुद्धाश्रमका संस्थापक सदस्य तारानाथ पोखरेलले चर्चा गरेका थिए ।

 

कार्यक्रम पोखरा बृद्धाश्रमका अध्यक्ष टिकाबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्टिय मानवअधिकार आयोगका पश्चिमाञ्चल प्रमुख नितु गतौला, बृद्धाश्रमका संरक्षक बसन्तकेशव पराजुली, नौलो घुम्ती नेपाकला अध्यक्ष खड्कबहादुर रानाभाट, पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १७ का अध्यक्ष तिर्थराज अधिकारी, दाता नारायाण पौडेल लगायतले आआफनो भनाई राखेका थिए ।

 

शेयर