संघीयता चाहिदैन भन्नेहरु एकलवादीः पूर्व मन्त्री गुरुङ

वालिङ,  असार १० गते।नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवम पुर्व मन्त्री किरण गुरुङले संघीयता चाहिदैन भन्नेहरु एकलवादी भएको बताउनुभएको छ।


लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जा जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्नुहुदै गुरुङले बहुराष्ट्रिय मुलुकका लागि संघीयता आवाश्यक हुने भएकाले लामो आन्दोलन पश्चात प्राप्त संघीयताको विरोध गर्नेहरु एकल मानसिकताको उपज भएको बताउनुभयो।

 

 

लोकतान्त्रिक तमु संघ नेपालको संस्थापक अध्यक्ष समेत रहनु भएका नेता गुरुङले संघीयताकै कारण अहिले गाउँ गाँउको बिकास भइरहेको दावी गर्नुभयो। उहाँले जाती हाम्रो पहिचान हो, तर जातिवादी घातक हुने बताउनुभयो। गुरुङले सबै जातजातिका भावनाको सम्बोधन गर्न र अवसर प्रदान गर्नकै लागि जनवर्गीय संगठन एवम घटक संघहरु स्थापित गरिएको बताउनुभयो।

 


बहुराष्ट्रियता भएको मुलुक नेपालको विकास र समृद्धिका लागि सबै राष्ट्रियता, जातजाति, भाषाभाषी, कला, सँस्कृतिको विकास एवम संरक्षण, सम्वद्र्धन संघीयतामा नै संभव हुने दावी गर्नुभयो।

 

 

उहाँले लोकतान्त्रिक तमु संघले तमुहरुको ऐतिहासिकता, सभ्यता, कला, सँस्कृति, समुदायगत मुल्य मान्यतालाई संरक्षण, विकासका साथै खोज अनुसन्धानमा जोड दिदै तमु समुदायलाई गोलबन्द गर्नुपर्ने बताउनु्भयो।

 


कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सिमा क्षेत्री, गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँंण, लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रिय सचिव हुमबहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष कर्ण बहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकी अध्यक्ष चिनमाया गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो।

 


अधिवेशनले लोकबहादुर गुरुङ(वालिङ)को अध्यक्षतामा २१ सदस्यीय लोकतान्त्रिक तमु संघ स्याङजा गठन गरिएको छ। संघको उपाध्यक्षमा खेमबहादुर गुरुङ(फेदिखोला), सचिवमा बालजित गुरुङ(गल्याङ), उपसचिवमा राजकुमारी गुरुङ(वालिङ) र भिमबहादुर गुरुङ(पुतलीबजार), कोषाध्यक्षमा रन्सरी गुरुङ(वालिङ) रहनुभएको छ ।

 


त्यस्तै सदस्यहरुमा ओमप्रकाश गुरुङ(वालिङ), खेमबहादुर गुरुङ(वालिङ), समबहादुर गुरुङ(पुतलीबजार), चित्र गुरुङ(भिरकोट), खुरबहादुर गुरुङ(भिरकोट), सत्यराज गुरुङ(गल्याङ), भिमकुमारी गुरुङ(फेदिखोला), झलक गुरुङ(चापाकोट), अरुण गुरुङ(आँधिखोला), टिकाबहादुर गुरुङ(अर्जुनचौपारी), पुर्णबहादुर गुरुङ((वालिङ), झकबहादुर गुरुङ(वालिङ), मिनबहादुर गुरुङ(भिरकोट), टौसरी गुरुङ(वालिङ) रहनुभएको छ ।

 


सर्वसम्मत नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रिय सचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष लोकबहादुर गुरुङले लोकतान्त्रिक तमु संघलाई सबै तमुहरुको आसा, भरोसा र गोलबन्द गर्ने संगठनको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गनुर््भएको थियो।

 


अध्यक्ष मण्डल एवम निर्वाचन समितिका संयोजक गिरमान गुरुङले सर्वसम्मत निर्वाचित कमिटि घोषणा गर्नुभएको थियो भने। अध्यक्ष मण्डलमा ओम बहादुर गुरुङ, चिनमाया गुरुङ, विष्णुमाया गुरुङ र खगीसरा थापा रहनुभएको थियो।

 


कार्यक्रम दानबहादुर गुरुङको अध्यक्षता, संघका केन्द्रिय उपाध्यक्ष हुमबहादुर गुरुङको स्वागत र संघका गण्डकी प्रदेश सचिव विष्णुमाया गुरुङले संचालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...