लागुऔषध सहित कुँवर पक्राउ

पोखरा, कात्तिक २६ गते । स्याङजाको वालिङ नगरपालिका–९ ठाडोलाईन बस्ने वर्ष २१ को जितन कुंवर लागुऔषध सहित पक्राउ परेका छन ।

आफ्नै मोटरसाईकल ग्यारेजमा बिग्रिएर राखेको ग ४ प ८१७९ नम्बरको मोटरसाईकलको सिट मुनि लागुऔषध लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरेको हो । कुंवरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

कुँवरको साथबाट फेनारेगन ११ एम्पुल, नोफिम ९ एम्पुल, डाईजोपाम १० एम्पुल,सिरिन्ज ३ थान बरामद गरेको छ ।