पाहुना हुन आएकाले जा भन्ने हैसियत राख्द सक्दैनन् ः शान्ता  चौधरी 

पोखरा, फागुन १९ गते ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले  कारबाही गरेपछि नेकपा ओली समुहको पक्षकी शान्ता चौधरीले पाहुना हुन आएको जान्ने हैसियत राख्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले लेख्नुभएको छ, हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं , घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन ।

 

आजै बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले चौधरी सहित ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । सो पक्षको केन्द्रीय समितिको बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित केन्द्रीय सदस्यहरू शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई निलम्बन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

निलम्बन गरिएकामध्ये नेम्वाङ नेकपा संसदीय दलको उपनेता, चौधरी सचेतक तथा भट्टराई प्रधानमन्त्री ओलीले हालै नियुक्त गरेका मुख्य सचेतक हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...