मातृशिशु अस्पतालमा हाईफ्लो अक्सिजन सहितको आइसोलेसन

पोेखरा, जेठ २५ गते ।पोखरा महानगरले कोमागाने मातृशिशु मितेरी अस्पताललाई कोभिड अस्पतालका रुपमा विकास गरिने भएको छ । पोखरा १६ बाटुलेचौरमा रहेको अस्पताललाई महानगरले कोभिड अस्पतालका बनाउने गरी काम सुरु गरेको छ ।

उक्त अस्पतालमा विशेष गरी कोरोना संक्रमण भएका गर्भवती महिलाहरुको उपचार गर्ने गरी अहिले पूर्वाधार निर्माणको काम भेैहरैको छ । मातृशिशु अस्पताललाई कोभिड अस्पताल बनाउन जिल्ला समन्वय समिति कास्कीले १५ लाख र पोखरा महानगरको १० लाख रुपैयाँले अहिले अस्पतालमा हाइफलो हाईफ्लो अक्सिजन जडानको काम भैरहेको छ।

 

अस्पतालमा सुत्केरी र गर्भवती महिलाहरुलाई उपचारमा सहज बनाउने उद्देश्यले अक्सिजन सहितको आइसोलेसन वार्ड बनाउने काम भैरहेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । निर्माण भैरहेको आइसोलेसन वार्डको मंगलबार गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, उपप्रमुख मञ्जुदेवी गुरुङले अनुगमन गुर्नभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...