बुद्ध विशाल बजार एशोसिएसनको उपहार,पाँच सयको सामान किन्दा स्कुटर

पोखरा, असार ।पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले व्यवसाय प्रवद्र्धनका लागि उपहार कार्यक्रम ल्याएको छ । एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको हो ।

एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने बताए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन उपलब्ध गराइनेछ । मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने र महिनाको अन्तिम बुधबार खोलिने संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रम संयोजक थमनसिंह गुरुङले जानकारी दिए ।

 

बजार एशोसिएसनका मानार्थ सदस्य तथा सल्लाहाकार सुदीप ढकालले २० वर्ष अघि उपहार कार्यक्रम सुरु गरिएको र यो प्रभावकारी रहेको बताए । संस्थाका महासचिव बुद्धिबहादुर कुँवरले उपहार कुपन प्रत्येक सटरलाई १ सयको ४ वटा पेटी उपलब्ध गराइने र त्यस वापत एशोसिएसनले एउटा पेटीको १ हजार शुल्क लिने गरेको बताउँदै त्यो रकम र अन्य नवीकरण शुल्कबाट उपहार कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार साउन १ गतेबाट यो उपहार कार्यक्रम लागु गरीने बताए । एशोसिएसनले सामाजिक उतर दाहित्व अन्तरगत विभिन्न दैवि प्रकोप लगाएत विभिन्न विपत्तीहरुमा सयोग गरिरहेको र हाल ३ जना छात्रछात्रालाई छात्रवृत्ति समेत उपलब्ध गराइरहेको महासचिव बुद्धिबहादुर कुँवर बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाले बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले नाफामुखी भन्दा पनि सेवाको रुपले व्यवसाय गरिरहेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...