पोखरा कालिका भ्यु टाउनको वृक्षरोपण

पोखरा, साउन ८ गते।लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले वृक्षरोपण कार्यक्रम गरेको छ । क्लबको वार्षिक कार्यक्रम अनुसार पोखरा महानगरपालिका वडा नम्बर २८ चिन्तेकोडाँडामा शनिबार वृक्षरोपण कार्यक्रम गरेको हो ।


लायन्स क्लबका डिपार्टमेन्ट चिफ जगन्नाथ तिमिल्सिनाले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । अमला, तेजपत्ता लगायत विभिन्न ५० प्रजातिका बहु उपयोगी बिरुवा रोपिएको क्लबका अध्यक्ष श्यामप्रसाद तिमिल्सेनाले जानकारी दिए । कार्यक्रममा रिजन चेयर पर्सन देवकृष्ण काफ्ले, जोन चेयर पर्सन गोमा कार्की बास्कोटाको पनि सहभागिता रहेको थियो ।

 

क्लबका संस्थापक अध्यक्ष एवं डिस्ट्रिक्ट एड्भाइजर नारायणप्रसाद अधिकारी, जिएसटी कोअर्डिनेटर चन्द्रा शर्मा, डिस्ट्रिक्ट अफिसर पोषणमणी त्रिपाठी, क्लबका निवर्तमान अध्यक्ष शुक्रराज अधिकारी, प्रथम उपाध्यक्ष दिनेशबाबु खड्का लगायत क्लबका अन्जिता दियाली लोहनी, खगेश्वर लामिछाने, रामकृष्ण अधिकारी, रामु पाध्या, धनकुमारी गुरुङ, बालकुमारी गुरुङ, सुस्मा गुरुङ, स्थानीय समाजसेवी राजेश अधिकारी, सन्तोष अधिकारी, प्रेमनाथ अधिकारी, पूर्व शिक्षक रामकृष्ण अधिकारी लगायत पनि कार्यक्रममा सरिक भएका थिए ।

 

कार्यक्रमको संयोजक हरिकृष्ण घिमिरले रोपिएका बिरुवाको संरक्षण्मा पनि क्लबले ध्यान दिने बताए । कार्यक्रमको सञ्चालन क्लबका सचिव नवीन बरालले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...