कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उहाँ आइसोलेसनमा बस्नुभएको छ ।

जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उहाँ आइसोलेसनबाट निस्किएलगत्तै पुनः आइतबार उहाँ सङ्क्रमणमा पर्नुभएको थियो ।
दिनमात्र अघि आइसोलेसनबाट निस्किनुभएका उहाँलाई शनिबार परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कनरले जानकारी दिनुभएको हो ।

डा कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बस्नुभएको छ । तर उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको डा कनरले बताउनुभएको छ ।
उहाँले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बस्नुभएको छ र उहाँले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्नुहुने भएको छ ।
उनान्असी वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताउनुभएको छ ।
उहाँले ट्वीट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...