५० लाखको लागतमा नगर स्वास्थ्य केन्द्र बन्ने

आइतवार, कार्तिक २१, २०७३
360

पोखरा २१ कात्तिक । गरिव,विपन्न एवंम असहाय वर्गको स्वास्थ्यमा पहुच पु¥याउने उदेश्यले पोखरा उपमहानगरपालिका वडा नंं १७ स्थित पिपलतरा मार्गमा ४९ लाख ८१ हजारको लागतमा नगर स्वास्थ्य केन्द्र भवन निर्माण गरिने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको ४४ लाख ८० हजार र ५ लाख एक हजार बराबरको स्थानीय जन सहमागिता एवंम पोखरा उपमहानगरपालिकाको प्राविधिक सहयोगमा सो छ कोठे पक्कि भवन निर्माण गर्न लागिएको हो ।व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले सो भवनको आज एक समारोहका बिच शिलान्यस गर्नुभयो ।

unnamed
उहाँले स्थानीय पहलमा गरिने विकास निर्माणका कार्य छिटोछरितो र गुणस्तरीय हुने बताउँदै सामाजिक विकास निर्माणका कार्यमा सम्पूर्ण राजनीतिक दल ,नागरिक समाज एकतावद्धरुपमा अगाडि बढ्नु पर्ने बताउनु भयो ।सभापति अधिकारीले अंगिकृत नागरिकलाई राष्ट्रपति,प्रधानमंत्री जस्ता राज्यका प्रमुख कार्यकारी भुमिका प्रदान गर्ने गरि संविधान सम्शोधन गर्न नहुने बताउनु भयो ।सांसद विन्दा रानाले निर्माणाधिन स्वास्थ्य केन्द्र समाजमा उपचारको अभावमा समस्या झेलेका यस क्षेत्रका सर्वसाधारणले सहजरुपमा स्वास्थ्य सेवा लिन सक्ने बताउनु भयो ।

पोखरा उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख बरिष्ठ इन्जिनियर शारदा मोहन काप्mलेले स्वास्थ्य केन्द्र निर्माणसंगै संचालनमा नगरपालिकाबाट आवश्यक सहयोग हुने बताउनु भयो ।पोखरा उपत्यकाका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले पोखरा र लेखनाथ सहीत केही गाविसलाई समेटेर पोखरा महानगरपालिका बनाइनु पर्नेमा जोड दिनु भयो ।नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले स्वास्थ्य केन्द्र निर्माणका साथै संचालनमा स्थानीय वासिन्दा संगठीत भएर लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो ।नेकपा एमालेका सुभाष ढुङगाना,नेपाली कांग्रेसका देवी आचार्य र माओवादी केन्द्रका मनुमाया के.सी.ले वडाको विकास निर्माण एकतावद्ध हुने गरेको जानकारी दिनुभयो ।

नगर स्वास्थ्य केन्द्र निर्माण समितिका अध्यक्ष प्रकाश रेग्मीको अध्यक्षतामा भएको समारोहमा संचारकर्मी हरि बास्तोला,टोल विकास संस्था समन्वय समिति १७ का अध्यक्ष गिता सुवेदी,नगर स्वास्थ्यकर्मी निर्मला अर्याल,नेकाका नेता पुण्डरी बराल लगायतले बोल्नु भएको थियो । समितिका उपाध्यक्ष गिता शर्माले स्वागत गर्नुभएको कार्यक्रम सचिव प्रमोद खनालले संचालन गरेका थिए ।

शेयर