नि ः शुल्क मधुमेह परिक्षण सप्ताह

सोमवार, कार्तिक २९, २०७३
547

received_1247269288669913
विश्व मधुमेह दिवसको अवसरमा एड्भान्स पोली क्लिनिक रोट्रयाक्ट क्लब अफ पोखरा एवं रोट्रयाक्ट क्लब अफ पोेखरा फिस्टेलको संयुक्त निःशुल्क मधुमेह परिक्षण सप्ताह सुरु भएको छ । बढ्दो क्रममा रहेका मधुमेह रोगको जनचेतना एंव रोग न्युनीकरण गर्ने अभिप्रायले सञ्चालित उक्त कार्यक्रम मिति २०७३ कार्तिक २९ देखि मिति २०७३ मंसिर ६ सम्म एड्भान्स पोलिक्लिनिक न्युरोड पोखरामा सञ्चालन हुने छ । ५०० जनाको निःशुल्क परिक्षण एंव त्यस पश्चात १५०० जनालाई शःशुल्क सेवा प्रदान गरिने यस पोलीक्लिनिकका मेनेजर रो. सुदिप गुरुङले जानकारी दिनुभयो । आज पहिलो दिनमा १५० जना भन्दा बढी सर्व–साधारणको परिक्षण गरिसकेको जानकारी आयोजक रोट्रयाक्ट क्लब अफ पोखराका अध्यक्ष रो. शिव सुनारले जानकारी दिनुभयो । हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधुमेह  दिवसका रुपमा मनाईने गरिन्छ । संसारभरिका १६० भन्दा बढी देशहरु, लाखौ संस्थाहरु, संयुक्त राष्ट्रसंघ सदस्यहरु, स्वास्थ्यकर्मी एवं सेवाग्राहीहरुले यस दिवसलाई जनचेतना दिने हेतुले मनाउने गरेको र यसमा आफ्नो ऐक्यबद्धता जनाएको आयोजक  रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष रो. सुजन गुरुङले बताउनु भयो ।

received_1247269225336586received_1247269228669919

शेयर