आइतवार, साउन ८, २०७४
666

नेपाली राजदुतावास स्थापनार्थ दबाब दिने उदेश्यले हस्ताक्षर संकलन कार्यक्रम सन्चालन गरिने
साउन ८ सोमबार पोर्तुगल
पोर्तुगल मा नेपाली दूतावास निर्माणको लागि दबाब दिने उदेश्यका साथ पोर्तुगल मा गर्दै आएका नेपाली हरुको सहभागीता मा संघर्ष समिती गठन भही दबाब मुलक कार्यक्रम सार्वजनिक गरेको छ । पोर्तुगल मा बीस हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन ।दूतावास नहुदा दिनहुुँ विभिन्न कामको लागि समस्या र दुई देशहरु बिचमा व्यापार ब्यबसायमा कठिनाइ भएको छ। सोही कारणले गर्दा पोर्तुगल मा दूतावास को लागि पटकपटक पहल गर्दा नेपाल सरकार ले ठोस कार्य गर्न नसकेको भन्दै ।नेपाल सरकार लाई दूतावास निर्माणको लागि पोर्तुगल मा बसोबास गर्ने सबै नेपाली को हस्ताक्षर संकलन गरि नेपाल सरकारलाई बुझाउने तयारी रहेको हस्ताक्षर संकलनका संयोजक कमल गुरुङले बताउनु भयो ।यस कार्यलाई प्रभाबकारी रूपमा  सम्पन्न गर्नको लागि पोर्तुगल मा गठित सामाजिक संघसस्था , राजनीतिक दलका भातृसंगठन, समाजसेबि पत्रकार का साथै सबै मा सहयोग को अपिल गरेका छ्न ।

शेयर