एन आर एन पोर्तुगल को अधिबेशन को चहलपहल बढ्दै

शुक्रबार, भदौ १६, २०७४
347

एन आर एन पोर्तुगल को चुनावी माहोल हात्वै बढेको छ । १० सक्टेम्बर २०१७ मा हुन गएको अधिबेशन ले दुई बर्षको लागि नयाँ कार्यसमिति को गठन गर्दै छ । पोर्तुगल मा रहेका काग्रेस निकट जनसम्पर्क समिती, एमाले निकट प्रवाशी नेपाली मञ्च , माओवादी निकट जन प्रगतिशील मञ्च बिच चुनावी तालमेल एक भेलाले गरेको छ । चुनावी ताल मेल अनुसार जन सम्पर्क समितिको भागमा अध्यक्ष, आईसीसी सदस्य, प्रवासी नेपाली मञ्च को भागमा उपाध्यक्ष, माहासचिब परेको र जन प्रगतिशील को भाग मा आईसीसी सदस्य, सचिब परेको कुरा छलफल उपस्थित एक सदस्य ले बताउनु भयो । प्रवासी नेपाली मन्च को तर्फबाट मञ्च उपाध्यक्ष बलराम पौडेल लाई उपाध्यक्ष, माहासचिब निराजन सुबेदि लाई माहासचिबमा पठाउने निणय गरेको छ । भने जनप्रगती मंच द्रारा आईसीसी सदस्य मा शम्भु गौतम र सचिव मा ईस्वर रिजाललाई सहभागी गराउने तयारी रहेको जानकारी गराईएको छ । जनसम्पर्क समितिले भने आफ्नो उमेदवार को नाम 2 सेक्टेम्बर सम्म टुंगो लाग्ने बताइएको छ। भने बैठक ले जनजाती माहासङ, अन्य राजनैतिक दल लगाएत लाई समटेर एनआरएन गठन गर्ने कुरा बताएको  भए पनि सहमति हुन नसकेको ले छुट्टै  प्यानल को साथ उम्मेद्बारी दर्ता गराउने तयारी मा रेहेको बुझिन्छ   । महिला उपाध्यक्ष को लागि भने नारी समाज पोर्तुगल बाट निर्मला खरेल, बिस्णु लुइँटेल, सरु सापकोटा, गिता राना चर्चा चलेको छ भए पनि नारी समाज को बैठक  बाट एक जना को नाममा सहमति  गर्ने कुरा नारी समाज पोर्तुगल का अध्यक्ष सीता बराल ले बताउनु भयो । येता एक स्वतन्त्र ब्याक्ती हरु को भेलाले आफ्नो छुट्टै प्यानल बनाएर उम्मेद्बारी दिने तयारी मा रहेको को बताइएको छ । उमेदवार मनोनयन २ सेक्तेम्बर २०१७ दिउँसो ४ बजे सम्म रहेको निर्वाचन समितिका सयोजक अशोक घिमिरे ले बताउनु भयो ।

 

शेयर