पर्यटक भित्राउन मेला

सोमवार, भदौ १९, २०७४
51

पोखरा १९ भदौ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको पर्यटकिय साबेत गाउँमा दशै मेला हुने भएको छ । गाउँमा सञ्चालनमा रहेका होमस्टेको पर्बद्धनका लागी र आन्तरीक तथा बाहृय पर्यटकलाई गाउँमा भित्राउने मुख्य उद्देश्य सहित मेला हुन लागेको हो ।


श्री चण्डी युवा क्लबको २८ औं बार्षिकोत्सब तथा बिजयादशमिको पाबन अबसरमा आयोजना हुन लागेको मेला असोज १५ गते देखी १९ गते सम्म चल्ने छ । मेलामा पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि समाबेश गरीएको छ । सो प्रतियोगिताको पुरुष तर्फ प्रथम हुने टिमले नगद रु.५१ हजार दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार सहित प्रमाणपत्र र मायाको चिनो समेत प्राप्त गर्नेछ भने टिम दर्ता शुल्क ५ हजार रहेको क्लबका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

 

त्यसै गरी महिला तर्फको बिजेता टिमले नगद रु. १० हजार र उपबिजेता टिमले ५ हजार सहित प्रमाणपत्र तथा मायाको चिनो हात पार्नेछ भने टिम दर्ता शुल्क १५०० रहेको छ ।मेलालाई अझ बिशेष बनाउनका लागी सांस्कृतिक कार्यक्रम, घैटो फुटाउने खेल तथा ४० बर्ष पुगेकालाई भाले समाउने प्रतियोगिता समेत राखिएको क्लब सञ्चालक समितिका सदस्य रमेश गुरुङले जनाए ।

 

शेयर