एनआरएनए पोर्तुगलको उपाध्यक्षमा उम्मेदवार गोबिन्द सापकोटा

शनिबार, भदौ २४, २०७४
283

 

भगवान  गिरि लिस्बोन । एनआरएनए पोर्तुगलमा केही पदहरुमा निर्वाचन हुने निश्चित भएसंगै उम्मेदवारहरुलाइ भोट माग्ने चटारो शुरु भएको छ । भोट माग्न ब्यस्त उपाध्यक्षका एक उम्मेदवार गोबिन्द सापकोटासग हामीले छोटो कुराकानी

सन् २००७ मा पोर्तुगल आएका सापकोटा यहाँको नेपाली समुदायमा चिरपरिचित अनुहार हुन् । नरम र समाजका सबैसँग मिल्ने स्वभावका सापकोटाले एनआरएनए पोर्तुगलको २०१३-२०१५ को कार्यकालमा पनि उपाध्यक्ष भइ काम गरि सकेका छन् । त्यो बेलाको कार्यकाल एनआरएनए पोर्तुगलको इतिहासमा सफल कार्यकाल मानिन्छ । त्यसकारण उनी एनआरएन पोर्तुगलमा अनुभवी मानिन्छन् ।

रोटरी क्लब पोर्तुगलको सदस्य, चितवन समाजको सल्लाहकार र एकजना मेहेनेती समाजसेवीको छवि बनाएका सापकोटा ब्यबसाय र काम दुबै गर्दै आएका छन् ।

केही न केही नयाँ काम गरौं भन्ने अबधारणाहरु पस्कने सापकोटा भन्छन्, मैले जिते भने पोर्तुगलमा रहेका सबै नेपाली दाजुभाइ, दिदिबहिनी,सबै बर्ग र क्षेत्रमा एउटा उत्साह र माहोल ल्याउने गरि काम गर्छु । पोर्तुगलको गाउँदेखि शहरसम्म बस्ने नेपालीजनहरुलाइ जोड्न सेतु(पुल) को काम गर्छु । गर्ने प्रतिबद्धता  का साथ आफ्नो उम्मेद्बारी  दिएका सापकोटाले नेपाल र नेपाली हरु लाई विश्वमा परिचीत  गराउन  पशुपति  नाथ को मन्दिर निर्माण  कार्य मा अग्रसर  देखाउदै ।नेपाली समुदायको स्वक्षिक रुपमा स्वयंसेवक  भुमिका  निर्वाह गर्न आह्वान  गर्दै  आउदो 2017सेक्टेम्बर ११ मा मन्दिर को उद्घाटन  को लागि लागि परेका छ्न । सापकोटा  ले सफल न्युज सङ कुरा गर्दै १० सेक्टेम्बर २०१७ मा हुने एन आर एन को चुनाव  मा आफू लाई भारी मत ले बिजयी गराई सम्पूर्ण  नेपाली समुदाय  हक र हित को लागि काम गर्ने अवसर दिन अनुरोध  गरेका छन ।

शेयर