प्रचण्ड नेतृत्वको सरकार लामाे समय टिक्नु हुदैन :विष्ट

पाेखरा,असार २ गते ।नेकपा एमालेका सचिव गाेकर्ण विष्टले वर्तमान प्रचण्ड नेतृत्वकाे सरकार काठकाे बैशाखीकाे टेकाेमा अडिएकाे बताउनुभएकाे छ ।याे सरकार आफ्नो खुट्टामा नउभिएकाे बताउदै नीति, कार्यक्रम, बजेट र कार्यशैली ब्यवहार हेर्दा याे सरकार लामाे समय जान नहुने बताउनुभयाे ।

उहाँले याे सरकार जति लामाे समयसम्म चल्छ देश अधाेगितमा जाने र प्रगति राेकिने आराेप लगाउनुभयाे ।याे सरकार लामाे समय चल्नै हुदैन र गठबन्धनमा सहभागी दलहरुका वीचमा नीति, विचार र कार्य नीतिका कारण मेल नखाने बताउदै उहाँले भन्नुभयो, नीति र कार्यक्रम एकातिर र बजेर नीति कार्यक्रम मेल खादैन ।मेल र संगति नभएकाे सरकार टिकि रहन हुदैन ।

 

 

उहाँ याे सरकार लामाे समय नजाने दावी गर्नुभयाे। पूर्वमन्त्री समेत रहनुभएका विष्टले जनताले सरकारसँग धेरै ठूलो अपेक्षा राख्न नहुने उल्लेख गर्दै याे सरकारबाट धेरै आशा नगर्न जनतालाई आग्रह गर्नुभयाे । गाेरु पनि ब्याउदैन बेगुती पनि हुदैन ।त्यस्तै याे सरकार ब्याउने जस्तै हाे ।केही अपेक्षा गर्न सकिन्न भन्नुभयाे ।

 

 

 

एमाले सचिव विष्टले एमाले कुनै माेर्चा बनाउने पक्षमा नरहेकाे स्पष्ट पार्नुभयाे।एमाले पार्टीलाई सुदृढ गर्छ र आम जनताकाे वीचमा अगाडि बढछ उहाँले भन्नुभयो, यहि पार्टीलाई नै सबल बनाउने हिसाबले सम्पूर्ण कार्यकता काममा लाग्छाै ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...