पाेखरा-१ मा ११३ जनालाई कम्पाेष्ट बिन र १ हजार ८१ केजी मल वितरण

पोखरा । पोखरा महानगरपालिकाले कौसी खेती र करेसा खेतीलाई प्रबर्दन गरेकाे छ । पाेखरा महानगरपालिकामा रहेका वडामा काैशि खेतीलाई प्रााथमिकता दिदै निशुल्क र ५० प्रतिशत लगानीमा कम्पाेष्ट बिन वितरण,मल बनाउने तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकाे छ ।

पाेखरा महानगरपालिका वडा नम्बर १ ले शनिबार कम्पाेष्ट बिन वितरण र अभिमुखिकरण सम्पन्न गरेकाे छ ।वडाले ११३ जनालाई काैशि खेती र  करेसा खेतीका लागि कम्पाेष्ट विन वितरण गरेकाे छ ।त्यस्तै प्राङगारिक मल १ हजार ८२ केजी वितरण गरेकाे वडा सदस्य शाेभा गुरुङ जानकारी दिनुभयाे ।

कार्यक्रमकाे पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्दै महानगरले कृषिलाई बढी प्राथमिकता दिदै आएकाे बताउदै कौसी खेतीको निकै ठूलो महत्व रहेको बताउनुभयाे । पर्यटनपछि पोखराको समृद्धिको पाटो कृषि भएकाले महानगर यसमा चनाखो रहेको उहाँको भनाइ थियो ।काैशि खेतिले फाेहाेर व्यवस्थापन र वातावरण सफा राख्न समेत भुमिका खेल्ने बताउनुभयाे ।

उहाँले पाेखरामा फाेहाेर व्यवस्थापन चुनाैतीपूर्ण रहेकाे बताउदै दैनिक १ सय टन फाेहाेर उत्पादन हुनेर ६५ प्रतिशत कुहिने रहेकाे जानकारी दिनुभयो । ‘पछिल्लो समय पोखरामा फोहर व्यवस्थापनको ठूलो चुनौती छ । यो अवस्थामा केही फोहरबाट मल बनाएर कौसी खेतीमा प्रयोग गर्न सकियो भने ठूलो सहयोग हुन्छ,’ उहाँले भन्नुभयाे । ‘फोहोर व्यवस्थनमा टेवा पुग्नुका साथै स्वास्थ्य सरसफाई, वातावरण र अर्थसँग जोडिएको कौसी खेती पोखराका लागि निकै महत्वपूर्ण छ ।’

 

 

 

कार्यक्रममा पोखरा महानगरका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले कौसी खेती फोहोर व्यवस्थापनको राम्रो माध्यम बन्ने बताउनुभयाे । पोखराका वडा १ देखि १७ सम्म बजार क्षेत्र भएकाले यस क्षेत्रमा कौसी र करेसा खेती बाहेक अरु विकल्प नरहेको उहाँकाे भनाइ थियाे ।

 

 

वडा नम्बर १ का अध्यक्ष साहारा प्रधानले कृषिका लागि धेरै जग्गा नभकाे तर काैशि र करेसा खेती गरेर अर्गानिक तरकारी उत्पादन गर्न सकिने भएकाले प्राथमिकता दिइएको बताउनुभयाे ।उहाँ वडाले कम्पाेष्ट बिन, मल र बेर्नाहरु वितरण गरेकाे बताउनुभयाे ।

 

कार्यक्रममा स्वागत वडा नम्बर १ का वडा सदस्य  रामजी प्रसाद पाैडेलले गर्नुभएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...