आफ्नै कम्पनीमा काम गर्ने कामदारहरुले पोतुगलको रेसिडेन्सी बनाउनाको लागि झुटो बयान पछि बिना कसुर पोर्तुगलमा 14 बर्स जेल सजाय भोगिरहेका नवीन गिरिले लेखेको खुला पत्र एक पटक सबैले पढनै पर्ने ।

बुधबार, अशोज १८, २०७४
1213

सत्यता र धैर्यता को ठूलो परिक्षा हुदो रहेछ ।
बन्दी त मानिस अनायासै पनि हुदो रहेछ ।
अपराध/कर्तव्य गर्नेले मात्र कहाँ सजाय भोग्दो रहेछ।
सज्जन र निर्दोष ले पनि सत्यता र धैर्यता को परिक्षा दिनु पर्ने रहेछ ।
त्यसैले त जीवन रहस्यको नबुझीने खानी रहेछ ।
प्रिय भाईहरु
सुरज अधिकारी, सुर्य बहादुर आले, प्रकाश गुरुङ्ग, बालकुमार पराजुली, तुलसीराम पोख्रेल, दिपेश कणेल, तोप बहादुर कार्की, विश्वराज खत्री, राकेश कुमार शाह, नर बहादुर बन, खिम बहादुर थापा, अमृत देवकोटा, खेम राज सुवेदी, अर्जुन बराल, पदम जंग लामा, उज्जल फुँयाल, दिपक के.सी., रबिन्द्र क्षेत्री, शेखर भण्डारी ।
आदरणीय दाइ हरु
कैलाश जंग ध्वज कार्की, तिलक बहादुर पुन, प्रेम बहादुर बस्नेत, धर्मराज थापा सबैमा नमस्कार तथा न्यानो माया प्रकट गर्न चाहन्छु । समय र परिस्थितीको डर लाग्दो भेलले तपाईहरु र हामी बीच दुई किनार बनाएको पनि आज ४४७ दिन पुगेछ । यि बिचका ४४७ दिनमा तपाईहरु सँग सम्पर्क गर्ने भलाकुसारी गर्ने ठुलो इच्छा हुँदा हुँदै पनि पोतुर्गलको इमिग्रेसनको बाध्यकारी सम्पर्क गर्न नपाईने बन्देजले गर्दा सम्पर्क गर्न सकेनौ । तर आज समयले यस्तो स्थानमा उभ्याई दियो कि तपाईहरुलाई सम्बोधन सेतो कागजमा काला् मसिले कोरेर गर्नु पर्ने भयो । २१औँ शताब्दीको डिजिटल जमानामा आज कागजमा पेनले लेखेर सम्बाद गर्नु पर्दा कता कता नोस्टाल्जिक हुन पुगेका छौँ ।
नोस्टालजिक कागजमा हातले पत्र कोर्नु परेर मात्र हैन अझ बढी ४४७ दिन भन्दा पहिला आँफुहरुसँग बिताएका दिनहरु सम्झेर भएको छु । ति दिनहरु यस्ता थिए जहाँ हामी एक अर्का प्रति निश्वार्थ रुपमा काम र जिम्मेवारीका आधारमा इमान्दारी पुर्वक सहयोगी र समर्पित थियौँ । विदेशी भुमिमा एकै परिवार जस्तै दुख सुख साटासाट गर्दैदिनचर्या बिताएका थियौँ ।
आफुहरु २३ जना सबै नेपालबाट विभिन्न माध्यमबाट विधिन्न दलालहरुबाट पोर्तुगल सम्म लाखौँ लाख खर्च गरेर आएका थियौ । तिमिहरुले पहिलो भेटमा म सँग सेयर गरेको अनुभवव यि मानसपटलमा ताजा रुपमा जस्ता का त्यस्तै छन् । तिमिहरु मध्य सुरज लण्डनबाट ट्रकमा फ्रान्स र फ्रान्सबाट पोर्तुगल, सुर्यबहादुर आले रसिया, फिनल्याण्ड हुँदै विभिन्न देश पार गदैँ पोर्तुगल तिलक दाई प्रेम बहादुर दार्ईको गु«प पनि रसीया हुँदै पोर्तुगल, प्रकाश गुरुङ्ग बालकुमार, राकेश कुमारहरु विधार्थी भिषामा होल्यान्ड , लक्जमबर्ग लगायतका देश हुँदै पोर्तुगल, दिपक केसी कतारबाट भिजिट भिषा लिँदै पोर्तुगल, कैलाश जँग कार्की दाईको त पासपोर्ट नै यति पुरानो थियो कि जहाँ नेपाल सरकारले पासपोर्टमा एक्सपायर डेट नै नराख्ने जमानामा कैलाश दाई कसरी पोर्तुगल सम्म आउनु भयो उहाँको कहानी मानिस पिच्छे फरक फरक सून्न पाईन्थ्यो ।
तपाईहरु पोर्तुगल आउनु भयो, पोर्तुगल सम्म आउनुमा मेरो कुनै प्रत्यक्ष वा अप्रत्यक्ष भुमिका थिएन । तपाईहरु सबैले पोर्तुगल आउने प्रत्येक नेपाली झैँ एउटा साझा उद्देश्य बोकेर आउनु भएको थियो ‘‘पोर्तुगल रेसीडेन्सी कार्ड’’जुन अहिले युरोप आउने प्रत्येक नेपालीको केन्द्रको विषय बनेको छ । तपाईहरु र मेरो भेट पोर्तुगलमा जसरी अन्य नेपालीहरु सँग सामन्य तरिका सँग हुन्छ । त्यसरी नै भएको थियो । म कास्की समाज पोर्तुगलको अध्यक्ष थिएँ । युरोपमा कस्केलीहरुको पहिलो संगठन कास्की आदर्श समाज, पोर्तुगलको संस्थापक अध्यक्षको नाताले प्रत्येक कस्केलीहरु जो सहयोगको अपेक्षा राख्दै समाज सम्म आईपुग्छन उनीहलाई समाजका कार्यकारी समितिका सबै साथीहरुले आफ्नो समय र फुर्सदको मेसो मिलाएर गर्ने गरेको थियो । म संस्थापक अध्यक्ष भएको नाताले पोतुर्गल सम्म आईपुग्दा बेखर्ची पासपोर्ट च्यातेको, आफन्त साथीभाईको सम्पर्क नभएकालाई कम्तिमा ४ दिन सम्म खाना र बस्नको व्यवस्था फ्रिमा उपलब्ध गराईदिने गरेको थिए । साथै पदाधिकारी मित्रहरुको समन्वयमा फिनान्स कार्ड, पुलीस रिपोर्ट बनाउन सहयोग गर्ने गर्दथ्यौँ । फिनान्स कार्ड, पुलिस रिपोर्ट वा अन्य सहयोग समाजले निशुल्क गर्ने गरेको थियो । पोर्तुगलमा समाजमा नजाने साथीभाई नहुने नेपालीहरुले धेरै रेडलेबल र सयौँ युरो खर्च पश्चात मात्र त्यो कार्य सम्पन्न गर्न सक्दथे । पोर्तुगलको चोकमा रहेको नेपाली कफि पसलको मालिक धन शेर्पा र गोरखा होस्टेलका मालिकले कास्की बाट आएका वा फिनान्स नं. पुलिस रिपोर्ट नभएका व्यक्तिलाई मेरो व्यक्तिगत नम्बर सार्वजनिक रुपमा दिएने गरेको यर्थाथ छ । कस्केलीलाई मात्र नभएर मैले विदेशमा आफुले गर्न सक्ने सहयोग सबै नेपालीलाई गर्ने गरेको थिए । २०१४ सालको कुरा हो एन आर एन पोर्तुगलको वार्षिक प्रतिवेदन पेश गर्न कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा दर्शक दिर्घाबाट १ जना दाई सुक्क सुक्क रोई रहनु भएको रहेछ कार्यक्रमका आयोजक र हामीले दाई रुनुको कारण बुझ्यौँ उहाँको नाम सुब्रत रिमाल रहेछ नेपालबाट खेतीको काममा पोर्तुगल आई काम गर्ने क्रममा मृगौला फेल भएको रहेछ । भोली पल्ट सेफमा फिन्गरको डेट रहेछ साथमा पैसा रहेनछ फिन्गरको पैसा तिर्नको लागि दाईलाई स्टेजमा आफ्नो समस्या राख्न लगाइयो दाई भक्कानो छोडेर रुनु भयो, भगवान सँग आफु नृहय भएको भावना आकाश तर्फ फर्केर निधा।रमा दुवै हातले हानेर व्यक्त गर्नु भयो । मेरो मन अमिलो भयो उपस्थित सबै जनाले सहयोग गर्ने भनि चन्दा संकलन गरियो । जसमा ११० युरो म आँफैले चन्दा प्रदान गर्दै बिदेशी भुमिमा यस्तो दुख भोग्न नपरोस भनि कामना गरेको थिए । पछि सुब्रत दाईको कार्ड भयो । ले समिति नै बनाएर सहयोग संकलन गर्यो पुन मैले ५० युरो दिए । पोर्तुगलमा हुने हरेक सामाजिक तथा साँस्कृतीक प्रबर्धनका कार्यक्रम मेरो प्रत्येक्ष सहयोगी भुमिका हुने गर्दथ्यो ।
तपाईहरु मध्ये ५० प्रतिशतसँग त मेरो यो समाजसेवी माध्यम बाट भएको थियो भने अन्य सँग मेरो प्रोफेसनल सम्बन्धको आधारमा भएको थियो । म पोर्तुगल मा आएको ६ वर्ष भयो सुरुको समयमा मिनि मार्केट खोलेर होलसेल, रेष्टुरेण्ट हुँदै खेतीको कामको एजन्सी सम्म मैले व्यापारीक रुपमा गर्ने कामहरु थिए । खेतीको कामको सिलसिलामा मेरो तपाईहरुसँग प्रोफेशनल सम्बन्ध गासिन पुग्यो ।
पोर्तुगलमा बढ्दो नेपालीको चाप सँगै सुरुवाती समयमा कामको कन्ट्रयाक किनेर कार्ड बनाउने प्रचलन थियो । अत्याधिक मात्रमा नेपाली, इन्डियन, बंगालीको आगमनको क्रम बढे पछि बिस्तारै खेतीमा काम गरेर कार्ड बनाउने प्रचलन सुरु भयो । लन्डनमा विद्यार्थी भिषामा आएका ९०प्रतिशत सबै पोर्तुगल आए भने सिरीया युद्धबाट बढ्दो युरोपियन शरणर्थीमा दलाल हरुले टर्की र सिरीयाबाट एसियन हरुलाई युरोप पठाए । त्यो बाटो बाट आउने नेपाली वा एसियन सबै पोर्तुगल आएका थिए । पोर्तुगलमा इमिग्रेसनको चापले गर्दा कार्ड दिने पोर्तुगल सेफमा एपोइन्टमेन्ट लिन कम्तीमा ६ देखि ९ महिना समय लाग्ने भएको थियो । सेफ जाको लागी आवश्यक पर्ने कामको कन्ट्रयाक्ट र सेगुरन्सा डिस्कोन्टको मुख्य माध्यम खेती नै बनेको थियो । पोर्तुगलमा नेपालीहरुको ५० वटा जति कम्पजि रहेका थिए ।
पोर्तुगलमा रहेका सम्पुर्ण खेती कम्पनि बीच अध्याधिक प्रतिशपर्धा थियो । आफुहरु सबै कम्पनिका अफिस घुम्दै घुम्दै मेरो अफिस सम्म आईपुग्यौ, मैले स्पष्ट रुपमा हाम्रो कम्पनिले दिने रेट र सुविधाका बारेमा जानकारी दिए, सायद अरु कम्पनि भन्दा आफुहरुलाई राम्रो लाग्यो क्यार काम गर्न तयार भयौ आफ्ना समस्याहरु राख्यौ मैले पनि मेरो तर्फबाट हुन सक्ने र गर्न सक्ने सबै कुरा गर्न प्रतिबद्धता व्यक्त गरे । खेती सिजनल काम भएको हुँदा सधैँ काम दिन असम्भव हुन्छ । यो तिमिहरु सबैलाई थाहा थियो । धेरै भए पनि महिना नछुटने गरी ट्याक्स हाल्न पाए कार्ड हुन्थ्यो भन्ने आशय साथ कन्ट्रयाक माग्यौँ मैले पनि तिमिहरुको विचारलाई सम्मान गरे बाध्यताको सम्मान गरे र कन्ट्रयाक्ट दिए । काम सुरु भयो तिमिहरुलाई काम गर्न ज्ञान थियो काम गर्ने बानी थिएन । बिस्तारेै काम सिक्यौ काममा बानी पार्यौ त्यो बिचमा तिमिहरुसँग गएको कतिले काम गर्न नसकेर कतिले काम मन नपरेर काम छोडे तर तिमिहरुले काम गर्योै हाम्रो बिचमा बिस्तारै भावनात्मक सम्बन्ध बढ्दै गयो । फुर्सदका समयमा तिमिहरुका पर्सनल समस्याहरु समेत सम्पन्न गर्न सहयोग गरीयो । तिमिहरु हप्तै पिच्छे खसी काटेर मलाई बोलाउने गर्थ्यौ । म पनि तिमिहरुसँग आएर बस्ने, सँगै खाने खेतीमै सुत्ने गर्थे । खाना पकाउन सरल होस भनेर २० लि. राईसकुकर प्रत्येक १० जनाको गु्रपमा १ को दरले निशुल्क उपलब्ध गराएको थिए । इन्डियन पसलबाट आवश्यक पर्ने सम्पुर्ण खाध पदार्थ तिमिहरुको माग अनुसार सधैँ उपलब्ध गराए, मैले लिएर गए ड्राईभरलाई पठाए । पैसा नेपाल पठाईदेउ भन्यो उपेन्द्रले पठाइ दियो, इन्टरनेट कार्ड, फोन कार्ड माग्यौ सबै पठाइदिन्थे । उपेनले तिमिहरुलाई आवश्यक पर्ने सबै सहयोग गर्यो । तिमिहरु साह्रै खुसी साथ काम गरेका थियौ । तिमिहरुको चिन्ता कार्डको थियो मैले पनि जाने बुझेको उपयुक्त जानकारी उपलब्ध गराएर सान्तोवना दिएको थिए । तिमिहरुले काम गरेको घन्टाको रेकर्ड तिमिहरु मध्ये कै लिडर भाई सुरजले पठाउने गर्थे कहिल्यै पनि १ घण्टा पनि तल माथि नगरी काम गरेको पैसा पे गरेको थिए । मेरो कम्पनिमा काम गर्ने कसैलाई पनि म प्रकाउ पर्ने पछिल्लो महिना बाहेक १ युरो पनि तिर्न बाँकी थिएन । काममा गु्रपमा बस्दा कहिले काँही अप्रत्यासीत घटना पनि हुन सक्दछ स्वास्थ्यमा समस्या देखिन सक्छ भनेर सधैँ आवश्यक होसीयारी अपनाउन सल्लाह दिने गरेको थिए । यदि दुर्घटना भएमा कुनै अप्रत्यासीत घट्ना भएमा स्वास्थ्यमा कुनै समस्या देखिएमा मेरो पर्सनल नम्बरमा भ्ःन् लेखेर मेसेज गर्दा रातको १२ बजे पनि आफु उपलब्ध हुने गरेको थिए । एक पटक ताभीरामा काम गर्ने एक भाईलाई राती ११ बजे मुटु दुखेर प्वाक प्वाक भएको खबर आयो म ३०० कि.मि. टाढा थिए । इमरजेन्सी सर्भिसमा फोन गरेर एम्बुलेन्स उपलब्ध गराए, त्यसपछि ताभीरा चोकमा रहेको कफि सप साहुलाई फोन गरे र अनुनय बिनय गरे उसलाई आवश्यक खर्च आँफै आएर तिर्ने बाचा गरे । उसले पनि सहयोग गर्यो । फारो हस्पिटल लगेर उपचार गराए भाई साह्रै खुसी भए मलाई हृदय देखि धन्यवाद दिए । मेरो सम्बन्ध तपाईहरु र मेरो कम्पनिमा काम गर्ने सबै सँग हक्की इमान्दार सहयोगी र प्रोफेसनल थियो ।
माथि उल्लेख गरेको यर्थाथका बाबजुत आज यो पत्र कोरीरहँदा मलाई पोर्तुगलको अदालतमा श्रम शोषणको अभियोगमा १४ वर्षको सजाय सुनाईएको छ । म सँगै मेरो कम्पनिमा विशुद्ध प्रशाससनिक कार्य गर्ने उपेन्द्रराज पौडेललाई समेत उहि अभियोग १३ वर्षको सजाय भएको छ । यो कहालीलाग्दो सजायले अचम्म लागेको छ । मनमा सयौँ प्रश्नहरु भरिदिएको छ । जिन्दगीका सबै अंगहरु क्षतविक्षत भएका छन् । आफ्नो प्राण भन्दा प्यारो परिवारको दुर्दसा भएको छ । बाबु आमा दाजु भाई परिवार सबै भावविहल भएका छन् । आँखाका नानी जस्ता २ छोराछोरी बेसहारा र उनीहरुको भविष्य अन्योल भएको छ । प्यारी दुलहीको मनमा के भईरहेको होला सोच्न पनि सक्दिन । एक दशक भन्दा बढी समय सम्म विदेशमा रगत पशिना बगाएर जम्मा गरेको सम्पुर्ण भौतिक सम्पति पोर्तुगल सरकारले जफत गरेको छ । पक्राउ परेको दिन देखि फैसला हुने दिन सम्म फरक फरक लएर हरुले ३० हजार युरो भन्दा बढी खर्च भएको छ । भगवान माथी भरोसा राख्दै आफ्ना इमान्दारीतालाई विश्वास लिई फैसलाको दिनमा स–सम्मान मुक्त हुने ठुलो आशा माथी १४ वर्षको सजाय बज्रपात भएको छ । म जस्तो सामान्य व्यक्तिको जिवनमा यस्तो विपत्ति आईलाग्नुको एउटा मात्र कारण रहेको छ ‘‘पोर्तुगलको रेसीडेन्सी कार्ड’’
एउटा जाबो रेसीडेन्सी कार्डको लागि आफ्नो परिवार जस्तै गरी सँगै बसेका एउटै घरमा खाएका नेपाली तिमिहरुले मलाई किन बलीको बोको बनाउनु पर्यो र १० हजार भन्दा बढी नेपालीले मेहनत र इमान्दारी पुर्वक पनि त बनाएका छन् …तिमिहरुले सेफ पुलिससँग दिएको झुठो र गलत बयानले मेरो र उपेनको जिवन तहस नहस भएको छ ।
म तिमिहरुसँग यस पत्र मार्फत निम्न प्रश्नहरु सोध्न चाहन्छु । कृपया इमानदारी पुर्वक नेपाली डास्पोरामा र तिमिहरुको घर परिवार आफन्त र आफ्नो धर्म साक्षी राखी सत्य जवाफको अपेक्षा गर्दछु ।
१)
सुरज अधिकारी भाई तिमि हामीसँग काम गर्दा खुसी थिएनौ र ? अरुको कम्पनिमा भएका कमिकमजोरी तिमिले नै हामीलाई रामकहानी सुनाउथ्यौँ हैन र ? टोरेस भेड्रासको साइटको काम सकिएपछि, हाल काम छैन लिस्वन जाँउ पछि काम भए खबर गरौँला भन्दा उपेन दाई मेरो कोहि छैन नबिन दाईलाई भनेर यतै बस्ने व्यवस्था मिलाइ दिन भनेर तिम्रो चाहना अनुसार उतै बस्ने व्यवस्था मिलाइ दिएको हैन र २ महिना काम नगरी बस्दा समेत तिम्रो ट्याक्स हाल्देको हैन र ? १ दिनको घण्टा सबै टिप्ने जिम्मा तिमिलाई दिएको हैन र सधैँ सेलरी समयमा नै आवश्यक खर्च हातमा र बाँकी पैशा बैँकमा ट्रान्सफर गर्देको हैन र ? पेड्रोकोमा काम गरेपछि थोरै समयमा अर्को साइड चेञ्ज गर्न खोज्दा दाई म थोरै काम गर्छु तर अर्को साईड चेञ्ज जान्न भनि तिमिले नै भनेको हैन र ? कम्पनीले तिम्रो एक युरो पनि बाँकी राखेको छैन हैन र ? तिमिलाई आवश्यक पर्ने इन्टरनेटका सिमहरु फोनका चार्ज कार्डहरु तिम्रो माग अनुसार उपेन दाइले २४औँ घण्टा उपलब्ध गराएको हैन र ?
अब तिमि नै जवाफ देउ तिमिले कसरी यसरी सहयोग गर्ने हामी माथी श्रम शोषण तथा मानशिक यातना डर र धम्की बिच बाँच्नु परेको भनि कोर्टमा क्षतिपुर्तिको लागि माग गर्यौ । एउटा जाबो रेसीडेन्सी कार्डको लागी बिदेशी भुमिमा तिमि जस्तो पढेलेखेको विद्धवान व्यक्तिले अर्को नेपाली माथी कसरी प्रहार गर्न सक्यौ ? के तिमि अहिले म भएको ठाँउमा भएको भए के सोच्ने थियौ ? के तिम्रो घरमा तिम्रो परिवारमा यस्तो भएको भए के गर्ने थियौ ? भाई सुरज तिमि त मनले जितेर कामको घन्टा रेकर्ड राख्ने जिम्मा दिएको मान्छे थियौ हैन र ? कसरी मानसिक डाक्टरकोमा गएर डिप्रेसनमा परेको, दारी फाल्ने जिलेट नभएको, दात माज्ने कोल्गेट नभएको नुहाउने साबुन नभएको, संसार कुन ठाँउमा छौ थाहा नभएको, मोबाईल फोन नभएको भन्ने निच आरोप लगाउन सक्यौ ?
२) सुर्य बहादुर आले भाई जब तिमि पोर्तुगल आयौ रिगेनले सिधै कस्केली भएको आधारमा म भएको ठाँउमा लिएर आयो तिम्रो स्वागतमा सुवाषको रेष्टुरेण्टमा सानो पार्टी नै भएको थियो । तिमि पोर्तुगल आँउदा न पासपोर्ट थियो न बस्ने स्थानको कुनै ठेगाना न आफन्त थिए न भाषाको ज्ञान तिमि लाई त अग्रेँजी भाषाको समेत सामन्य ज्ञान छैन । त्यस्तो परिस्थितीमा तिमिलाई आवश्यक पर्ने सबै सहयोग मैले गरेको हैन र ? रेस्तादोरसमा भएको पुलिस अफिसमा प्रत्येक दिन पचासौँ नेपालीको पासपोर्ट हराएको शिफारीस लिन जाँदा इरिटेट पुलिसले छिर्न नदिँदा भद्र दाई लगायत पोलिस थाना नजिकै बसे मैले तिमिलाई लगेर पुलिसलाई ४ ठेकी तेल घसेर पुलिस रिपोर्ट बनाई दिएको हैन र ? पुलिस रिपोर्ट पश्चात मेरै गाडी राखेर नयाँ पासपोर्ट बनाउने प्रक्रिया मैले नै गरेको हैन र ? फिनान्स कार्ड टाइट गरेको समयमा तिमी आँउदा ५ वर्ष को कार्ड भएको मानिस भद्र दाई र तिमिलाई गाडीमा हालेर लगेर फिनान्स कार्ड बनाईदिएको हैन र ? सुरुमा खेतीमा काम नगर्ने भन्यौ लिस्वनमा काम खोज्यौँ कतै काम नपाए पछि हैन हो दाजु कार्ड त बनाउनु पर्यो क्यारे भन्दै मगर टोनमा भनेर तिमि काममा लागेको हैन र ? घण्टाको खेतीको कामको रेट तिमिलाई थाहा थिएन हैन र ? काममा सबै भन्दा अल्छि र दिनमा २÷३ घण्टा मात्रै काम गर्दै वाइन पिएर हिड्ने तिमि होइनौँ र ऐ भाई काम नगर्ने भए लिस्वन जाउ भन्दा हत्तेरी दाई यस्तो नगर्नु न हो, कार्ड बनाउन छ म कहाँ जाउ त बिस्तारै कामको घन्टा बढाँउछु भनेको हैन र ?
अनि तिमि नै भन मैले तिमिलाई कसरी श्रम शोषण गरे तिमि म सँग कहाँ निर डराएउ, मानसिक रुपमा विक्षिप्त कसरी भयौ, जवरजस्ती शनिवार, आइतबार कहाँ गएर काम गर्यौ ? अब तिमि नै भन कसरी कोर्टमा म सँग क्षतिपुर्ति पाउनु पर्ने केश ग¥यौ ?भाई के तिमिलाई मलाई १४ वर्ष सजाय भएको सहि भएको जस्तो लागेको छ कृपया छ भने आफ्नो छातीमा हात राखेर जवाफ देउ ।
३) भाई तुलसि राम पोख्रेल तिमि पनि अन्य नेपाली झैँ काम खोज्दै अफिसमा आयौ आफिसमा कामको कन्ट्रयाक्ट कामको रेट कामको अवस्था सबै बुझ्यौ आफ्नो समस्या पनि राख्यौ र काम गर्ने निदो गरेर खुसी भएर ग¥यौ उपेनले काम गर्ने ठाँउको ठेगाना दियो तिमि पनि लिस्वन बाट बस चढेर काममा गयौ काम सुरु गरेको हप्ता दिन पनि पुगेको थिएन कामको कन्ट्रयाक्ट बढ्दै थियो । अचानक इमिग्रेुन पोलिस सेफ को रेड भयो तिमी र तिमीसँग रहेका अन्य २ जनालाई सेफ ले कस्टडिमा लियो २ दिन पछि छाड्यो कामको कन्ट्रयाक्ट पेश गर्नु पर्ने बाध्यकारी अवस्था सिर्जना भयो । मेरो साईडबाट तिमिलाई कन्ट्रयाक्ट पेपर दिन अलि गाह्रो हुन्छ की भन्दा तिमिले दश औँला जोडी दाई २० दिने हटाउन कन्ट्रयाक्ट भएन भने मलाई नेपाल पठाईदिन्छ पिल्ज भनेर पिल पिल आँखा बनायौँ मैले पनि डराई डराई कन्ट्रयाक्ट दिए तिम्रो समस्या समाधान भयो काम गरी रह्यौ जिन्दगीले निरन्तरता पायो ।
अब भन तिमि माथी कसरी शब्द प्रयोग गरेर धम्की दिए, बाध्य बनाए लाखौँको फाईदा उठाए ? तुलसी तिमीले नविन दाई तपाई साँच्चै भगवानको रुप हुनु भयो मेरा लागि भनेर भनेको हो कि हैन ? आज उही मान्छे एउटा रेसीडेन्सी कार्डको लागि कसरी श्रम पिडक भयो कृपया मलाई जवाफ देउ ?
४)
दिपक के.सि भाई तिमि मलाई एउटा कस्केलीको नाताले भेट्दै लिस्बनमा काम खोज्यौ काम पाएनौ मलाई फेसबुकमा म्यासेज पठायौ मैले तत्काल काम छैन काम भए सोचौँला भने प्रत्येक दिन म्यासेज गरिरहेउ र पनि मैले काम उपलब्ध गराइन किनकी काममा ठाँउ खाली थिएन । त्यस पछि तिम्रो मनमा शंका लागेछ क्यारे दाईले काम दिँदैन की भन्ने तिमिले बढी नै मेहनत गर्न थाल्यौ दिनको एक पटक अफिस अगाडी आउन थाल्यौ एक हप्ता भन्दा बढी तिम्रो निरन्तर अफिस आउने कारणले गर्दा तिमीलाई काम नदिई मैले सुख पाइन । तिमि काममा गयौ तर कामको ज्ञान नभएको र अनुभव नभएको हुँदा तिमि लाई काम गर्न गाह्रो भयो । काममा हप्तामा ४ दिन सम्म एवसेन्ट भयौ हप्तामा १५ घण्टा पनि काम गरेनौ तैपनि तिमिलाई मैले सम्झाए काममा जाउ बिस्तारै बानी पर्छ सेलरी आउने समय अरुले धेरै थाप्छन तिमिलाई नराम्रो लाग्छ भने तर तिमिले टेर पुच्छर लगाएनौ काम गर्ने ठाँउ पनि छोडेर गएनौ । ठिकै छ के गर्ने त कास्कीको भाई हो कार्ड बनाउन भए नी सहयोग हुन्छ भनि केहि भनिन…. जति घण्टा काम गर्यौ त्यतीको सेलरी पनि दिए तर तिमिले उल्टो मलाई नै उल्लु बनाईदियौ अदालतमा तिम्रो लयरले मलाई ५३० को कन्ट्रयाक्ट दिएर १२५ युरो मात्र सेलरी दिएको भनेर आरोप लगायो । ल दिपक के.सी भाई तिमी नै भन मैले कसरी तिमीलाई श्रम शोषण गरे के मैले तिमिलाई जवरजस्ती काम लगाए ? के तिमीलाई डर धम्की देखाए ल भन तिम्रो र सेफ पुलिसको मिलेमतोमा दिएको बयानले म निर्दोष फसेकी फसीन ? कृपया जवाफ देउ
५)
भाई दिपेश कणेल तिमिलाई याद छ की छैन ? तिमि उज्वल फुयाँल, शेखर भण्डारी अफिसमा आयौ उपेन दाईलाई भेट्यौ आफ्नो समस्या बढी दर्दनाक तरिकाले पेश गर्यौ । महिनाको अन्तिम थियो क्यारे २ दिन भित्र काममा नगए लिस्वनमा घर भाडा तिर्ने पैशा नभएको र माटीमुनिजको पार्कमा सुत्नु पर्ने संवेदनशिल अवस्था रहेको दुख देखायौ । हुन पनि त्यो समयमा दर्जनौ नेपाली पार्कमा बेवारीसे अवस्थामा सुत्ने गर्दथे नेपालीको चाप पनि बढेको थियो । आफ्नो सम्पर्क नहुने र समाज नखोज्ने नेपालीका दिनचर्या अत्यन्त दुखदायी थिए । उपेनले तिम्रो दुख मलाई जस्ताको तस्तै बतायो । एक हप्ता पछि कामको साईड सुरु हुने वाला थियो मैले १ हप्ता कुर्न भने तर उपेनले हैन अवस्था नाजुक छ एक हप्ता खेती तिरको घरमा लगेर भए पनि राखीदिउ सहयोग हुन्छ भने पछि ठिकै छ त भनेर काम सुरु हुन पुर्व नै तिमिलाई बस्ने व्यवस्था मिलाई दिए । बिस्तारै काम सुरु भयो सबै नर्मन भयो काम पनि राम्रो गर्यौ सेलरी पनि राम्रै बुझ्थ्यौ काम गर्ने १ पटक अचानक बिमार भयौ मैले तत्काल साईडमा गएर लिस्वनको साउजाउ हस्पिटलमा ल्याएर उपचार गराए तिमी ठिक भयौ । अनि काममा फर्केउ हो की हैन ?
अब तिमी नै भन मैले तिमि माथि के अन्यान गरे कसरी श्रम शोषण गरेर र सेफ सँग मिलेर मलाई केश गर्यौ र गलत बयान दिएर मलाई सजाय दिलायौ के मेरो सजायको खबर सुन्दा तिम्रो चित दुखेन कृपया मलाई जवाफ देउ ….
६)
अन्तमा बाँकी सबै जना सँग सोध्न चाहन्छु की के कुनै दिन खाना व्यवस्थामा कमजोरी भयो ? कुनै दिन खाना नभएर भोकै काम गर्नु पर्यो र ? तिमिहरुको पासपोर्ट राखेर बन्दि बाध्य बनाए र ? कुनै दिन जबरजस्ती तिमिहरुको इच्छा बिरुद्ध १ घण्टा पनि बढी काम गर्न लगाए र ?
एउटा रमाईलो घट्ना सुनाउँछु । एक दिन तिमिहरुले काम गर्ने साहुको २०० युरो तिमिहरु बस्ने घरको आँगनमा हो वा स्टोर नजिकै खसेछ ..तिमिहरु सबैको शंका तोप बहादुर कार्कीले भेटयो अनि लुकायो भन्ने थियो । साहुको पनि उही भनाई अनि सँगै काम गर्ने अफ्रिकन कालेको पनि उही भनाई उक्त परिस्थितीले एउटा तनावको अवस्था सृजना गर्यो । तिमिहरु सबै जना बराबर पैसा उठाएर तिर्न तयार भयौ । तर मैले त्यसो गरिन एक पटक तोप बहादुर कार्की लाई एकान्तमा सोधे उसले हैन दाई भन्यो । मैले ल भैगो भनि अफिसको तर्फबाट तिरीदिए तर तिमिहरुको कामको १ घण्टा पनि पैसा काटिन अब तिमी नै भन तोपबहादुर भाई कसरी म माथि षडयन्त्रको नेतृत्व गर्यौ ? के तिमी खुसी छौ त म माथी भएको अन्याय बाट कृपया मलाई जवाफ देउ ?
सधैँ भरि तिमीहरुको वरिपरि हुँदा तिमिहरुको समस्या समाधान गर्न तिमिहरुलाई सहयोग गर्न रात दिन भनिन तर आज तिमिहरुले म माथी गरेको अन्यायपुर्ण झुठो र गलत कार्य बाट अत्यन्त मर्माहित र क्षतविक्षत भएको छु ।
मलाई आशा छ यो पत्रको जवाफ तिमिहरुले आ–आफ्नो ठाँउबाट दिनेछौ र भविष्यका दिनमा मेरो स्वतन्त्रताको लडाँईमा आवश्यक परे साथ दिने छौ ।
साथै यो पत्र निम्न स्थानको ध्यानाकर्षणको लागि समर्पण गर्दछु ।
१) एनआरएन पोर्तुगल
२) कास्की समाज पोर्तुगल
३) प्रवासी नेपाली मञ्च पोर्तुगल
४) एन आर एन युरोप कमिटि
५) एन.आर.एन. आर.सी.सी. केन्द्रिय कार्यालय
६) नेपाल वाणिज्य दुत पोर्तुगल
७) नेपाली राजुदतावास पेरीस
८) परराष्ट्र मन्त्रालय, नेपाल सरकार
९) प्रधानमन्त्रिको कार्यालय, नेपाल सरकार

बढा दशैँको तथा दिपावली को शुभकामना सहित..
नविन गिरी र उपेन्द्रराज पौडेल
EPL, LISBOA. RECULSO NO- 134&152

शेयर