पाेखरामा अनुदानकाे मलमा ताेकेभन्दा १५ रुपैयाँ बढि मुल्यमा बिक्री, महानगरकाे अनुगमन

पाेखरा,  साउन २१ गते  ।नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल बढि मुल्यमा बिक्री गरेकाे पाइएकाे छ ।अनुदानको मल बढि मुल्यमा बिक्री गरेकाे गुनासाे आएपछि पाेखरा महानगरपालिकाकाे मल वितरण व्यवस्थापन समितिले तत्काल अनुगमन गर्दा  प्रतिकिलाेमा १० देखि १५ रुपैयाँसम्म लिएकाे फेला परेकाे हाे ।


पाेखरा महानगरका उपप्रमञ्जुदेवी गुरुङकाे नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया सहितकाे टाेलि अनुगमनमा जादा अनुदानको मल महानगरले ताेकेकाे भन्दा बढि मुल्यमा बिक्री वितरण गरेकाे फेला परेकाे हाे । पाेखरा १० मा रहेकाे अमरसिंह कृषि सहकारीले २१ रुपैयाँकाे युरिया ३५ र ५० रुपैयाँकाे डिएपि ६५ रुपैयाँमा बिक्री गरेकाे फेला पारेकाे हाे ।

 

उत्त सहकारीले मल बिक्री वितरण गर्ने अनुमति समेत  नपाएकाे तर उसले उपभोक्ता सहकारी संघबाट मल ल्याएर अमरसिंह शुलभ कृषि सामग्री पसलबाट बढि मुल्यमा मल बिक्री गरेकाे भेटिएको हाे ।

 

मल बिक्रीवितरणका लागि अनुमति नलिएकाे र ताेकिएकाे मुल्यभन्दा बढिमा बिक्री गरेकाे पाइएकाे महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार पसल दर्ता भएपनि मल, विषादी र बिउबिजन बिक्री अनुमति समेत नलिएको पाइएकाे बताउदै साेमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन र बाँकी रहेकाे मल बिक्रीमा राेक लगाईएकाे कडरियाले बताए ।

 

बिक्रीका लागि राखिएकाे २५ बाेरा युरिया, ६ बाेरा डिएपि र ५ बाेरा पाेटास बिक्रीवितरणमा राेक लगाइएको छ । उत्त पसलले स्थानीय मल व्यवस्थापन समितिले ताेकेकाे क्षेत्र भित्र किसानकाे परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भएपनि त्यसकाे समेत पालना नगरिएकाले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाेलाइएकाे महानगरले जनाएकाे छ।

 

त्यस्तै उपभोक्ता सहकारी संघले पनि कृषि सामग्री कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा ल्याएकाे मल अनुमति नपाएका सहकारी र पसललाई बढि मुल्यमा बिक्री गरेकाे अनुगमनमा फेला पारेकाे हाे । संघले कार्यक्षेत्र भन्दा बाहिर मल पठाउने गरेकाे, बिलबिजक जारी नगरेकाे,मुल्यसुचि नराखेकाे, कृषि सामग्रीबाट ५० बाेरा र  साल्ट टे«डिंग कर्पोरेशन लिमिटेडबाट ३५  बाेरा युरिया ल्याएकाे फेला परेकाे छ ।

 

कृषि सामग्रीबाट साउन १८ गते ल्याएकाे   सबै मल बिक्री  गरेकाे अनुगमनमा देखिएकाे छ । अनुगमन टाेलिले थप कार्बाहिका लागि साेमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएकाे छ । किसानले मल बढि मुल्यमा बिक्रीवितरण भैरहेकाे भन्ने गुनासाे गरेपछि तत्काल अनुगमन गरिएकाे पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन ।

 

सरकारले किसानका लागि दिएकाे अनुदानकाे मल बढि मुल्यमा बिक्री गर्नु गलत भएकाे बताइन ।उनले किसानलाई सहज, सरल र सुपथ मुल्यमा मल उपलब्ध गराउने काममा सहयाेग गर्नुपर्नेमा नाफा कमाउने कार्यमा सहकारी र ब्यबसायी लाग्न नहुने बताउदै गलत गर्नेलाई कारबाहि गरिने बताइन ।

 

पोखरा  महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेकाे बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियाे ।

 

युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकेकाे थियाे  ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...