निशुल्क दन्त शिविरमा १८० जनाकाे जाँच

पोखरा,  साउन २१ गते । पोखरामा भएको निशुल्क दन्त शिविरबाट १ सय ८० जनाले स्वास्थ्य लाभ लिएका छन् । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा भएको निशुल्क शिविरबाट उनीहरुले लाभ लिएका हुन् ।

शिविरमा धेरैको दाँतको स्वास्थ्यमा हेलचक्राई गरिएको पाइएको आयोजकले जनाएको छ । उचित परामर्श नपाउँदा पनि यस्तो हुन सक्ने शिविरमा खटिएका दन्त विशेषज्ञको आँकलन छ ।

 

नियमित दाँत परिक्षणले दाँत सड्न, किरा लाग्न, गिजाको समस्या र मुखको क्यान्सरलाई प्रारम्भिक चरणमा पहिचान गर्न मद्दत गर्ने हुँदा नियमित दाँतको चेकअप आवश्यक रहेको डेन्टल सर्जन सम्झना गौतमले बताइन् । साथै मानिसलाई दाँत÷मुख सम्वन्धि समस्याबाट हुने दुखाईबाट बच्न र उपचारमा लाग्ने खर्चबाट जोगिन पनि नियमित चेकजाँज गर्नुपर्ने उनको भनाई छ ।
‘मुख भनेको शरीरको ऐना हो । स्वस्थ शरीरको लागि स्वस्थ मुख हुन आवश्यक छ ।

 

 

नियमित दन्त परिक्षणले तपाईको मुख स्वास्थ्यमा केही समस्या छ, छैन भन्ने पत्ता लगाउन मद्दत गर्छ र भविश्यमा त्यस्ता समस्या आउन सक्ने वा आइसकेमा तिनीहरुको उचित उपचारमा मद्दत मिल्छ । नियमित दन्त चेकजाँज गरौं, यसले तपाईलाई स्वस्थ पनि राख्छ भविश्यमा हुने ठुलो खर्च रकमलाई पनि जोगाउँछ ।’ गौतमले भनिन् ।

 

 

निशुल्क शिविरमा उल्लेख्य सहभागिता रहेको र धेरैले दन्त स्वास्थ्यको बारेमा जिज्ञासा व्यक्त गरेका वेष्ट भ्याली डेन्टल क्लिनिककी प्रमुख कार्यकारी अधिकृत सुभा कोइराला वाग्ले बताइन् ।
वेष्ट भ्याली क्लिनिकले दाँत, छाला तथा कपाल प्रत्यारोपणका सेवा दिँदै आइरहेको छभने अभियान युवा क्लब विगत १७ वर्षदेखि सामाजिक क्रियाकलापमा सक्रियरुपमा काम गर्दै आएको संस्था हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...