कर्मचारी युनियनले स्थापना दिवसमा मानवसेवा आश्रममा खाद्यान्न सामाग्री सहयोग

पोखरा,  भदौं २० गते  ।नेपाल निजामति कर्मचारी युनियनन कास्कीले युनियनको स्थापना दिवसको अवसरमा फलफुल तथा खाधान्य वितरण गरेको छ ।

कास्कीले मंगलबार एक कार्यक्रम बीच पोखरा २५ हेमजा रहेको मानव सेवा आश्रममा फलफुल तथा खाधान्य सामाग्री वितरण गरेको हो ।

 

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य प्रकाश बराल, नेपाली काँग्रेस कास्कीका सहसचवि नविन सिग्देल, नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले मानवसेवा आश्रम हेमजाकी कार्यालय सचिव सञ्जु मोक्तानलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश सदस्य प्रकाश बरालले सकारात्मक र समपर्तित सोचका साथ युनियनले काम गरेको बताए ।

 

नेपाली काँग्रेस कास्कीका सहसचिव नविन सिग्दलेलले जनसेवासँगै मानव सेवामा जोडिने काम गरेकोमा प्रशंशा व्यक्त गरे ।

 

मानवसेवा आश्रम हेमजाकी कार्यलय सचिव सञ्जु मोक्तानले सवैको सहयोगबाट नै आश्रम सञ्चालन भएको बताउदै यनियनले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरिन् ।

 

नेपाल निजामति कर्मचारी युनियनको संयोजनमा निजामति सेवा दिवसको अवसरमा भदौ २२ गते विहान खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर र दिउसो तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खुवाउने कार्यक्रम गर्ने भएको ।

 

 

नेपाल निजामति कर्मचारी युननियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मी भद्र वाग्लेले स्वागत र सहसचिव जीवननाथ शर्मा मरासिनिले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...